• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उपराष्ट्रपतिमा एमाले उम्मेदवारले बाजी मार्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

उपराष्ट्रपतिमा एमाले उम्मेदवारले बाजी मार्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

शिवप्रसाद आचार्य
राजविराज, २७ फागुन ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपराष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारले बाजी मार्ने दावी गरेका छ्न ।

सप्तरीको राजविराजमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्य निर्वाचित हुने दावी गरेका हुन । शनिबार बसेको स्थायी समिति बैठकले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बताउदै उनले उपराष्ट्रपति एमालेको भागमा पर्ने निश्चित रहेको दावी गरे । नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम पार्टी सुदृढीकरण तथा विस्तार अन्तर्गत जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि एमाले नेता पोखरेलले वर्तमान समयमा मधेश प्रदेशमा एमाले पहिलो पार्टी बन्न सफल भएको स्मरण गराउदै यस ग्रासरुट अभियानले नेकपा एमाले राष्ट्रमै प्रमुख पार्टी बन्नेमा आफू विस्वस्त रहेको बताए ।

देशमा हाल रहिरहेको राजनीतिक अबस्थाको चित्रण गर्दै नेता पोखरेलले प्रचण्ड नेतृत्वको बर्तमन सरकार विकास र स्वतन्त्रताको अबरोध गर्ने सरकार रहेको आरोप लगाए । कार्यक्रमका बिशिष्ट अतिथि तथा नेकपा एमालेका केन्द्रिय सचिब एवम् पुर्वमन्त्री रघुबिर महासेठले माओवादी र अन्य सानादल सम्मीलित पार्टी सरकारलाइ देशी विदेशी प्रतिक्रियावादीहरुले षड्यन्त्र झालझेल गरी भत्काउन सफल भएको बताए । एमाले नेतृत्वको केपी शर्मा ओली सरकारको समयमा मधेशमा उल्लेखनीय विकासको काम गरेको बताउदै उनले सप्तरी कंचनपुर देखि पकली सुनसरी पुग्ने बैकल्पिक राजमार्गका लागि चारकिलोमिटर पुल, पुर्वपश्चिम हुलाकी मार्ग, कमला– सुनकोशी ड्राईभर्सन लगायत दर्जनौं ठुला परियोजना संचालनको तयारी गरेको बताए ।

नेपाली काँग्रेस विपि परित्याग गरि एमाले प्रवेश गरेको देवलाई टीका लगाएर पार्टी प्रवेश गराउदै नेता पोखरेल । फोटोः न्यूज टुडे

उनले मिसन ग्रासरुट अभियानमा सबै सहभागी भएर कार्यक्रम सफल बनाउन नेताकार्यकर्ता आग्रह गरे । फागुन ३ गते देखि बैशाख ९ गतेसम्म देशव्यापी रुपमा चल्ने मिसन ग्रासरुट कार्यक्रममा एमाले पोलिट ब्युरो सदस्य सुमनराज प्याकुरेल, एमाले केन्द्रिय सदस्य एवम मधेश प्रदेशका कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखी, एमाले केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरी लगायतकाले मनतव्य व्यक्त गरे ।

नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिब देवनाथ यादवले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस विपिबाट प्रदेशसभा उम्मेदवार रहेकी प्रतिमा कुमारी देव एमालेमा प्रबेश गरिन । देवलाई प्रमुख अतिथि पोखरेलले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।