• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु

न्युज टुडे
राजविराज, १७ फागुन ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली शुरु भएको छ। अस्पताल परिसरभित्र बुधबार आयोजित एक कार्यक्रमको बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन प्रणालीको उद्वघाटन गरेका हुन् ।

अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिए। ‘ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पुर्जी काट्नेको भिडभाड हुने गरेको थियो,’ डा. साहले भने, ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घन्टौँसम्म लाइनमा बसेर सास्ती हुनेछैन।’ लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी दिँदै मेसु साहले सबै ठाउँमा टोकन प्रणाली लागू गरिएको जानकारी दिए। टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनले विश्वास व्यक्त गरे ।

गजेन्द्रनारायण अस्पतालमा दैनिक पाँच सयदेखि आठ सयजना सेवाग्राहीले ओपिडीमा सेवा लिने गरेको अस्पतालले जनाएको छ।