• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेरहौतामा क्रिएटिभ स्पोर्ट्स क्लबद्वारा संचालित चौथो पचशिल्ड फुटबल प्रतियोगिता शुरु

तेरहौतामा क्रिएटिभ स्पोर्ट्स क्लबद्वारा संचालित चौथो पचशिल्ड फुटबल प्रतियोगिता शुरु

न्यूज टुडे
राजविराज, ३१ असोज ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा श्री क्रिएटिभ स्पोर्ट्स क्लब जगमोहनद्वारा संचालित चौथो पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । मावि तेरहौताको खेलमैदानमा संचालित प्रतियोगिताको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले एक समारोहका बीच सोमबार उद्घाटन गरेको हो ।

आयोजक समितिका अध्यक्ष दिपेन्द्र कुमार सरदारको अध्यक्षतामा आयोजित खेल उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ६ का वडा अध्यक्ष बद्री नारायण सरदार, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य बृजमान तामाङ, रुपनी गाउँपालिका ६ का वडा सचिव मनोज साह, १ का वडा सचिव गिरधर मेहता लगायतका बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल महुली ११ स्पोर्ट्स क्लब महुली र चारपाते यूवा फुटबल क्लब जगतपुर बीच कडा प्रतिस्पर्धा भएको थियोे । निर्धारित १ घण्टाको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि प्लान्टीमार्फत खेलको छिनोफानो गरिएको थियो । उद्घाटन खेलमा चारपाते यूवा क्लब जगतपुरले जित हाँसिल गरे । पालान्टिमा जगतपुरले महुली ११ लाई ५–४ गोलले पराजित गरेको आयोजक समितिका अध्यक्ष सरदारले जानकारी दिए ।

प्रतियोगितामा महुली ११ स्पोर्ट्स क्लब घोघिदह, चारपाते यूवा क्लब जगतपुर, तपेश्वरी बाबा नवयुवा क्लब जण्डोल, शम्भुनाथ यूवा विकास समिति कचन्दहा, हिरोज स्पोर्टिङ क्लब वरबझिया, हिमालय क्लब राजविराज, एमएफसी क्लब महुली, विष्णु जनशक्ति उत्थान केन्द्र बनौला, भुवनदास यूवा क्लव भुवनपट्टी, जनज्योति क्लब दतबेदाहा, गोल्डेन युवा ग्रुप सुवाटोल बरमझिया, केएमसि रुपनी खैरबोना, क्रिएटिभ स्पोर्ट्स क्लब बि गरी १३ टिम सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, शिल्ड मेडल, प्रमाण–पत्र र द्वितीय हुने टिमलाई नगद १५ हजार कप, मेडल प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

भोली मंगलबारको खेल एमएफसी क्लब महुली र विष्णु जनशक्ति उत्थान केन्द्र बनौला बीच हुने आयोजक समितिका हरिहर चौधरीले जानकारी दिए ।