न्यूज टुडे
राजविराज, २६ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ स्थित ठाकुरजी माध्यमिक विद्यालय जण्डोलद्वारा संचालित २४ औं रनिङ शिल्ड फुटवल प्रतियोगितामाको उपाधि गोलबजार स्पोर्ट्स क्लब सिराहाले हाँसिल गरेको छ । मावि जण्डोलको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा बानो फुटबल क्लब बानो सिरहालाई ट्राईबेकरको आधारमा ४–५ गोल अन्तरले पाराजित गर्दै गोलबजार सिरहाले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित १ घण्टाको खेलमा विजेता टिमको तर्फबाट खेलको पहिलो हापमा १ गोल गरेर टिमलाई अग्रता दिलाए । उपविजेता टिमको तर्फबाट दोश्रो हाफमा १ गोल गरेपछि खेल बराबरी भएको थियो । दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित समयमा दुबै टिमको तर्फबाट १–१ गोल भएपछि पलान्टीमार्फत खेलको छिनोफानो गरिएको थियो ।

आयोजक समितिका अध्यक्ष पिताम्बर चौधरीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा प्रमुख अतिथि मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह र आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष एवम् एमाले नेता राज कुमार लेखीले संयुक्त रुपमा विजेता टिमका खेलाडीहरुलाई नगद ३५ हजार, शिल्ड, मेडल प्रमाण–पत्र प्रदान गरे । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले र उपाध्यक्ष कल्पना कुमारी चौधरीले उपविजेता टिमलाई नगद २५ हजार, कप, मेटल र प्रमाण–पत्र प्रदान गरे ।

खेल समापन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका पूर्व अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर १ का अध्यक्ष सवदुल खलिफा, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ५ का अध्यक्ष सवजुल मियाँ, ६ का अशोक आचार्य, साविक प्रशवनी गाविस अध्यक्ष रामदेव यादव, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य बृजमान तामाङ, निवर्तमान प्रदेश सचिव भोला पासवान लगायतका बिभिन्न दल प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खेल समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले खेल स्वस्थ जीवनका लागि अपरिहार्य रहेको बताए । उनले राष्ट्रको पहिचान स्थापित गाराउने खेलको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । असोज ११ गतेदेखि संचालित फुटबल प्रतियोगितामा बिभिन्न जिल्लाका गरी ८ वटा टिम सहभागी रहेका थिए ।