न्यूज टुडे
राजविराज, २० असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मट्टीगढामा श्री राम जानकी यूवा क्लबद्वारा संचालित सातौं पचशिल्ड फुटवल प्रतियोगितामाको उपाधी राजदेवी यूवा क्लव चनौरा पडरियाले हाँसिल गरेको छ । मट्टीगढा खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मयुरनी समाजसेवी यूवा क्लब उदयपुरलाई ०–२ गोलले पाराजित गर्दै चनौरा पडरिया सप्तरीले उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित १ घण्टाको खेलमा पडरिया सप्तरीकोले पहिलो हापमा १ गोल गरे भने दोश्रो हापमा पनि १ गोल थपेपछि जित सुनिश्चित गरे । दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित समयमा पराजित टिमको तर्फबाट कुनैपनि गोल गर्न सकेन ।

आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा प्रमुख अतिथि मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले विजेता टिमका खेलाडीहरुलाई नगद ३५ हजार, शिल्ड, मेडल प्रमाण–पत्र प्रदान गरे । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उपविजेता टिमलाई नगद २५ हजार, कप, मेटल र प्रमाण–पत्र प्रदान गरे ।

खेलसमापन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पाना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, २ का पशुपति प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरी लगायतका बिभिन्न दल प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

असोज ९ गतेदेखि संचालित फुटबल प्रतियोगितामा बिभिन्न जिल्लाका गरी १० वटा टिम सहभागी रहेका थिए ।