• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मट्टिगढामा रामजानकी यूवा क्लवद्वारा संचालित ७ औं पचशिल्ड फुटवल प्रतियोगिता सुरु

मट्टिगढामा रामजानकी यूवा क्लवद्वारा संचालित ७ औं पचशिल्ड फुटवल प्रतियोगिता सुरु

न्यूज टुडे
राजविराज, ०९ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मट्टीगढामा श्री राम जानकी यूवा क्लबद्वारा संचालित सातौं पचशिल्ड फुटवल प्रतियोगितामाको उद्घाटन खेलमा मयुरनी समाजसेवी यूवा क्लब उदयपुरले जित हाँसिल गरेको छ । आइतबार सम्पन्न उद्घाटन खेलामा ग्रामीण कल्याण समुह हर्दिया सप्तरीलाई पराजित गर्दै उदयपुरले जीत हाँसिल गरेको हो ।

शिल्ड परिक्रमा गर्दै गापा अध्यक्ष चौधरीसहित अतिथिगणहरु । फोटो ः न्यूज टुडे

निर्धारित १ घण्टाको खेलमा हर्दिया सप्तरीकोले पहिलो हापमा १ गोल गरे भने दोश्रो हापमा उदयपुरले १ गोल गरेपछि बराबरी भएका थिए । दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित समयमा छिनोफानो नभएपछि प्यालेन्टीमार्फत बलही उदयपुरले ६ गोल र हर्दिया सप्तरीले ५ गोल गरेका थिए ।

मट्टीगढा खेलमैदानमा आयोजित खेल उद्घाटन समाहोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, २ का पशुपति प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरी लगायतका उपस्थिति रहेको रामजानकी यूवा क्लबका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।

१० वटा टिम सहभागी खेलमा सोमबार खेल बलान यूवा क्लब लहान र रुपनगर स्पोर्ट्स यूव क्लब रुपनगर सप्तरी बीच हुने आयोजक समितिका रमेश प्रसाद चौधरीले जानकारी दिए ।