न्यूज टुडे
राजविराज, ३० चैत ।
गाईघाट फुटबल क्लब उदयपुर सप्तरीको सप्तरीकोशी नगरपालिका १ फत्तेपुरमा संचालित मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सहिद स्मृति रंगशाला फत्तेपुरमा बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा आयोजक सप्तरीलाई पेनाल्टीमा पराजित गर्दै उदयपुर फाईनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको तर्फबाट २÷२ गोल गरी बराबर भएको थियो । दुबै टिमका बीच कडा प्रतिस्पर्धा रहेको खेलमा उदयपुरको तर्फबाट जर्सी नम्बर २२ का योमो र जर्सी नम्बर ९ का बुद्व बलले १÷१ गोल गरे भने आयोजक सप्तरीको तर्फबाट जर्सी नम्बर १५ का अरमोन्डले २ गोल गरि खेलालाई बराबरी बनाएका थिए । निर्धारित समयमा दुबै टिमले बराबरी गोल गरेपछी ट्राईबेकरको आधारमा खेलको छिनोपानो गरिएको थियो ।
विजेता टिमको तर्फबाट ३ गोल र आयोजकको तर्फबाट १ गोल मात्र गरे । सप्तरी फुटबल संघ र त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ । फाईनल खेलमा गाईघाट फुटबल क्लब उदयपुर र सलहेस फुटबल क्लब सिराहा विच प्रतिस्पर्धा हुने सप्तरी फुटबल संघका महासचिव अमर बहादुर भुजेलले जानकारी दिए ।