• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरीद्वारा एपीएफ फुटबल क्लव महोत्तरी पराजित

सप्तरीद्वारा एपीएफ फुटबल क्लव महोत्तरी पराजित

न्यूज टुडे
राजविराज, २८ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा जिल्ला फुटबल संघ सप्तरी र त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा संयुक्त रुपमा संचालित मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सप्तरीले विजयी हासिल गरेका छन् । सहिद स्मृति खेलमैदान फत्तेपुरमा सोमबार सम्पन्न खेलमा एपीएफ फुटबल क्लब महोत्तरीलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सप्तरीको फत्तेपुरमा संचालित मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरु । फोटो ः न्यूज टुडे

निर्धारित ९० मिनेटको समय अबधि रहेको खेलामा आयोजक टिम सप्तरीको जर्सी नम्बर ११ का किसान लिम्बुले १ गोल गरे भने दोश्रो गोल खेलको ३४ औ मिनेटमा जर्सी नम्बर १३ का बिदेशी खेलाडी यानिकले गरे । खेलमा विपक्षी टिमको तर्फबाट कुनैपनि गोल गर्न नसकेको आयोजकले जनाएको छ । जितसँगै सप्तरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भोलीको पहिलो सेमिफाइनल खेल सलहेस फुटबल क्लब सिरहा र वागमती फुटबल क्लव बीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए ।