• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सिरहा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

सिरहा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

न्यूज टुडे
राजविराज, २७ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा जारी मदनभण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा सलहेस फुटबल क्लब सिरहा प्रबेश गरेका छन् । सहिद स्मृति खेलमैदानमा सम्पन्न क्वाटर फाईनल खेलमा दमक फुटबल एकेडेमी झापालाई ३–१ गोलले पराजित गर्दै सिरहा सेमिफाइनल प्रवेश गरेका हुन् ।

 

सिरहाका जर्सी नम्बर ७ का फोफोना फोडेले खेलको १५ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिए । उनले खेलको २१ औ मिनेटमा पुनः दोश्रो गोल प्रहार गरी टिमको अग्रतालाई कायम राखे । खेलको पहिलो हाफमै सिरहाका जर्सी नम्बर १५ का रुपक लामाले २९ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चित गरे । पराजित दमक फुटबल एकेडेमी टिमको तर्फबाट जर्सी नम्बर ५ का गिल्सन लिम्बुले १ गोलमात्र फर्काउन सफल भए ।

भोलीको खेल आयोजक सप्तरी र एपीएफ फुटबल क्लब बीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए ।