• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मदन भण्डारी स्मृति गोल्डकप प्रतियोगितामा उदयपुरद्वारा मोरङ्ग पराजित

मदन भण्डारी स्मृति गोल्डकप प्रतियोगितामा उदयपुरद्वारा मोरङ्ग पराजित

राजविराज ।
मदनभण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा गाईघाट फुटबल क्लव विजयी भएका छन् । सहिद स्मृति रंगशाला फत्तेपुरमा शनिबार सम्पन्न दोश्रो दिनको खेलमा डागिहाट फुटबल क्लब मोरङ्गलाई पलान्टीमा ४–३ गोल अन्तरले पराजित गर्दै उदयपुरले जित हाँसिल गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि ट्राईबेकरको आधारमा खेलको छिनोफानो गरिएको थियोे । पलान्टिमा उदयपुरले ४ र मोरङ्गले ३ गोल मात्र गर्न सफल भएको आयोजकले जनाएको छ । खेलको म्यान अफ द म्याच उदयपुरका गोल रक्षक संजिव श्रेष्ठ घोषित भए ।

आइतबारको खेल दमक फुटबल एकेडेमी झापा र सलहेश फुटबल क्लब सिराहा बीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए । साभार ः सत्यापन