न्यूज टुडे
राजविराज, २५ चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । सप्तरी जिल्ला फुटबल संघ तथा न्यू त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुरद्वारा फुटवल प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमा बागमती फुटबल क्लब र इटहरी फुटबल क्लब सुनसरी बीच भएको खेलमा खेल शुरु भएको २ मिनेटमा बागमती फुटबल क्ल्वका जर्सि नं. ७ का अनिल थापा एक गोल गरी टिमलाई अग्रता दिलाएता पनि हाफटाइम पछि इटहरी फुटबल क्लबको तर्फबाट जर्सि नं. १४ का दिपेन तामाङले एक गोल गरी खेललाई बराबरीमा पु¥याएका थिए भने खेलको निर्णयाक गोल बागमती फुटबल क्लवका जर्सि नं. १३ का बिमल घिसिङले पुन एक गोल गरि २–१ को अन्तर बागमती फुटबल क्ल्बले बिजयी शुरुआत गरेको छ ।

जिल्ला फुटबल संघ सप्तरी र न्यू त्रियुगा स्पोर्ट्स क्लवको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदीय विकास र सप्तकोशी नगरपालिका सप्तरीको सहयोगमा संचालित प्रतियोगिताको शुक्रबार प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले उद्घाटन गरेका छन् । जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतको अध्यक्षता तथा मधेस प्रदेश सभा सदस्य मण्डलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखी, नेकपा एमाले नगर कमिटी अध्यक्ष पारस दहाल, नेपाली काँग्रेस नगर सभापति युवराज खनाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गुणराज कोइराला लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको दोस्रो खेल शनिबार गाइघाट फुटबल क्लव उदयपुर र डागिहाट युथ क्लब मोरङ बीच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु दुई लाख र एक लाख नगदसहित ट्रफि प्रमाण–पत्र मेडल प्रदान गरिने खवासले जानकारी दिए ।
प्रतियोगितामा सार्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच, बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।