न्यूज टुडे
राजविराज, २० चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा मदनभण्डारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ सप्तरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको संयुक्त आयोजनामा चैत २५ गते देखि प्रतियोगित हुने भएको हो ।
जिल्ला फुटबल संघ सप्तरी र न्यू त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुरको आयोजना र माननीय सत्यनारायण मण्डलको संसदीय विकास कोषको आर्थिक सहयोगमा सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालन हुने फुटबल प्रतियोगितामा प्रदेश नं. १ र मधेस प्रदेश का ८ वटा टिम आयोजक ११, दमक फुटबल एकेडेमी झापा, इटहरी फुटबल क्लब सुनसरी, डागिहाट फुटबल क्लब मोरङ, गाइघाट फुटबल क्लब उदयपुर, सहलेस फुटबल क्लब सिरहा, एपीएफ फुटबल क्लब महोत्तरी, बागमती यूवा क्लब सर्लाहीका राष्ट्रियस्तरका खेलाडीहरुले सहभागिता जनाउने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु दुई लाख र एक लाख नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल प्रदान गरिने खवासले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच, बेस्ट गोलकिपरलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।