• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराज द किंगलाई सप्तरी प्रिमियर लिग चौथो संस्करणको उपाधि

राजविराज द किंगलाई सप्तरी प्रिमियर लिग चौथो संस्करणको उपाधि

न्यूज टुडे
राजविराज, १६ चैत ।
सप्तरीको राजविराजमा संचालित मेयरकपको सप्तरी प्रिमियर लिग चौथो संस्करणको उपाधी राजविराज द किंगले कब्जा गरेको छ । राजविराजस्थित राजरंगशालामा बुधबार सम्पन्न फाईनल खेलमा तिलाठी कोईलाडी जायन्टसलाई २९ रनले पराजित गर्दै राजविराज द किंगले उपाधीमाथी कब्जा जमाएको हो ।

राजविराज द किंगले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा सम्पूर्ण विकेट गुमायो ।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजविराज द किंगका बलर नन्दन यादव र अनिल यादवले ३÷३ विकेट, फिर्दोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १९.१ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो ।

द किंगको ब्याटिंगमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुनक्रममा ४४ बलमा ५ चौका र ८ छक्का प्रहार गरे । रुपेश सिंहले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तिलाठी कोइलाडीको बलिंगमा अभिशेक कार्कीले सर्वाधिक ४ विकेट लिए जुनक्रममा ३ ओभरमा १६ रन खर्चिए । जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २÷२ विकेट लिए ।

उपाधिसहित राजविराज द किंगले तीन लाख रुपैयाँ तथा उपविजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त ग¥यो ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनिल धमला घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान राजविराज द किंगका सन्तोष कार्की घोसित भएभने उत्कृष्ट बलर राजविराज द किंग्सका रुपेश कुमार सिंह घोषित भए । उत्कृस्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए जसले १५ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरे ।