• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तिलाठी कोईलाडी सप्तरी प्रिमियर लिगको फाईनलमा, राजविराज द किगसंग भिडन्त

तिलाठी कोईलाडी सप्तरी प्रिमियर लिगको फाईनलमा, राजविराज द किगसंग भिडन्त

न्यूज टुडे
राजविराज, १५ चैत ।
राजविराजमा जारी सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा तिलाठी कोईलाडी जायन्टस प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा राजविराज ब्रदर्सलाई पराजित गर्दै तिलाठी कोइलाडी जायन्ट्स फाईनल प्रवेश गरेको हो ।

सप्तरी प्रिमियर लिगको चौथो संस्करणको उपाधिको लागि जायन्टसले राजविराज द किंग्ससँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल बुधबार विहान ११ बजेदेखि हुने सप्तरी क्रिकेट संघले बताएका छन् । राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा सम्मान ३ जित र १ हार ब्यहोर्दै ६÷६ अंक बटुलेका थिए । लिग चरणको समाप्तिमा टिभिएस किंग्स राजविराज, बजाज खडक वारियर्स र राजविराज ब्रदर्स क्रमशः चौथो तेस्रो र पाँचौ स्थानमा रहे ।

राजविराजस्थित राजरंगशालामा सम्पन्न खेलमा तिलाठी कोइलाडीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्सले १८.२ ओभरमा १ सय ५ रन मात्र बनायो । ब्रदर्सका लागि निरज कुमार यादवले र सोनु तामाङले सम्मान २४ रन तथा विकास दासले २६ रनको योगदान दिए । तिलाठी कोईलाडीको वलिङमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए । जस क्रममा ४ ओभरमा ४२ रन खर्चिए ।

यस्तै सुनिल धमलाले ४ ओभरमा १६ रन खर्चंदै ३ विकेट लिएका थिए । यस्तै भुवन कार्कीले २ र रोहन विश्वकर्माले १ विकेट लिए । टस जितेर ब्याटिङ गरेको तिलाठी कोईलाडी जायन्ट्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । जायन्टसका लागि विकास दासले सर्वाधिक ५४ रनको योगदान गरे । जसअनुसार ४० बलमा ४ चौका ३ छक्का प्रहार गरे । अभिषेक कार्कीले २४ र सुनिल धमालाले २० रनको योगदान दिए ।

३९ रनमा ७ विकेट गुमेको अबस्थामा विकासले आठौं विकेटको लागि अभिषेकसँग ६२ रनको साझेदारी गरे । राजविराजका बलर दिपेश कडेलले सर्वाधिक ४ विकेट लिए जस क्रममा ४ ओभरमा १२ रन खर्चिए । विक्रम ध्वज कार्की र प्रशान्त सिंहले २÷२ विकेट लिएका थिए । खेलको प्लेयर द म्याच विकास दास घोषित भए ।

प्रतियोगितामा बिजेता टिमले ३ लाख नगद, शिल्ड, प्रमाण–पत्र मेटल प्राप्त गर्नेछन् भने उपविजेतालाई १ लाख, कप, प्रमाण–पत्र, मेडल प्रदान गरिने आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बजाज खडक वारियर्सलाई पराजित गर्दै राजविराज द किंग्स फाईनल प्रवेश गरेका थिए ।