न्यूज टुडे
राजविराज, ११ चैत ।
सप्तरीको राजविराजमामा संचालित मेयर कपको चौथो संस्करणको शुक्रबार सम्पन्न खेलमा राजविराज र तिलाठी कोईलाडी विजयी भएका छन् । राजविराज द किंग्स र बजाज खडक वारियर्सलाई पारिजात गर्दै टिभिएस किंग्स र तिलाठी कोईलाडी जायन्टसले जित हासिल गरेको हो ।
दोश्रो दिनको पहिलो खेलमा अन्तरास्ट्रिय खेलाडी महबुब आलमको कप्तानीको टिभिएस किंग्स राजविराजले रोहिता कुमार सिंह कप्तानीको राजविराज द किंग्सलाई ३ विकेटले पराजित गरे । राजविराज द किंग्सले दिएको १ सय २१ रनको लक्ष्य टिभिएस किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेको क्षतिमा सजिलै भेट्न सफल भयो । टिभिएस किंग्सको तर्फबाट कप्तान आलमले सर्वाधिक ५४ रन दिएका थिए । उनले ३१ वलमा ७ चौका र ३ छक्का प्रहार गरे । आलम प्यलेयर अफ द म्याच घोषित भए ।
३१ रनमा ४ बिकेट गुमेको अबस्थामा आलमले पप्पु यादवले ६७ रनको साझेदारी जितको आधार तयार गरे । यादवले ११ रनको योगदान गरेका थिए । राजविराज द किंग्सको बलिङ्गतर्फ अनिल यादव र रुपेश कुमार सिंहले २÷२ विकेट तथा फिर्दोस अन्सारीले र चित्र बहादुर विष्टले १÷१ विकेट लिन सफल भए । टस जितेर ब्याटिङ रोजेको राजविराज द किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएका थिए ।
उसको लागि नन्दन यादवले सर्वाधिक ३० रन, फिर्दोश अन्सारीले २२ तथा रुपेश कुमार सिंहले ११ रन योगदान दिए । टिभीएस किंग्स राजविराजका बलर भुलावन सहानीले सर्वाधिक ३ विकेट, मनिष मण्डल र महबुब आलमले समान २ विकेट तथा बिशाल सुश्लिंग र पप्पु यादवले समान १ विकेट लिए ।
दोश्रो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले बजाज खडक वारियर्सलाई २ विकेटले पराजित ग¥यो । रोमाञ्चक खेलमा बजाज खडक वारियर्सले दिएको २ सय १ रनको लक्ष्य तिलाठी कोइलाडीले २ बल बाँकी रहँदा ८ विकेट क्षतिमा भेटायो ।
तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे । धमला खेलको प्लेयर अफ द म्याच घोषित भए । यस्तै भुवन कार्कीले ३०, बिकास दासले २०, रोहन विश्वकर्माले १९ तथा आशिष झाले १० रन बनाए । धमलाले आशिषसँग ६२ रनको ओपनिंग साझेदारी गरे । खडक वारियर्सका बलर राहुल मण्डलले ३, गोमानंद अमात्य र रोबिन सिंहले २÷२ तथा अरनिको यादवले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा २०० रन बनाएको थियो । उसको लागि ओपनर मिनास थापाले सर्वाधिक ९३ रन योगदान दिए जुन क्रममा ६७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । यस्तै राहुल मण्डलले ३९, अविनाश कर्णले २९ तथा अरनिको यादवले २३ रन योगदान दिए । मिनासले अविनाशसँग ८३ रनको ओपनिंग तथा राहुलसँग ७५ रनको दोश्रो विकेटको साझेदारी गरे । तिलाठी कोइलाडीका बलर भुवन कार्की, सुनिल धमला र अविशेक कार्कीले १÷१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई वटा खेल हुनेछन् । दिनको पहिलो खेलमा विहान ९ बजे राजविराज ब्रदर्श र टिभीएस किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे तिलाठी कोइलाडी र राजविराज द किंग बीच प्रतिस्पर्धा हुनेछ ।