जितेन्द्र प्रसाद चौधरी
सुरुङ्गा, १७ फागुन ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ११ स्थित खजनपुर भजकामा दोश्रो पचशिल्ड फुटबल प्रतियोगिता संचालन गरिएको छ । सन्यासी बाबा नवयूवा फुटबल टिम सुरुङ्गा नगरपालिका ११ खजनपुर भजकाद्वारा फुटबल प्रतियोगिताको आयोजाना गरेको हो ।
खजनपुर भजकाको खेलमैदानमा मंगलबार आयोजित फुटबल प्रतियोगिताको सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले उद्घाटन गरे । सन्यासी बाबा नवयूवा फुटबल टिम खजनपुर भजकाका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताता उद्घाटन समारोहमा नगर प्रमुख चौधरी, वडा नम्बर ८ का अध्यक्ष ईनगरदेव चौधरी लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
भोला प्रसाद मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत नागेन्द्र प्रसाद चौधरीले गरे । प्रतियोगितामा उद्घाटन खेलमा नवयूवा क्लब मुसहर्नीयाले जित हासिल गरेका छन् । सुबुनाथ बनौलालाई ०–१ गोलले पराजित गर्दै मुसहर्नियाले प्रतियोगिताको उद्घाटन खेलमा बाजी मारे ।
प्रतियोगितामा सप्तरी र सिराहाका गरी ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टिमलाई नगद ३० हजार शिल्ड, प्रमाण–पत्र र मेडल प्रदान गरिनेछ भने उप बिजेता टिमलाई नगद १८ हजरसहित कप, मेटल र प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।