• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रधानमन्त्री कप प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधी सिराहाको कब्जामा

प्रधानमन्त्री कप प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधी सिराहाको कब्जामा

राजविराज ।
प्रधानमन्त्री कप प्रदेश स्तरीय टि ट्वान्टी महिला सिनियर छनौट प्रतियोगिताको उपाधी सिराहाले कब्जा गरेको छ । राजविराज स्थित राजरंगाशालामा शनिबार सम्पन्न पाईनल खेलमा बारालाई पराजित गर्दै सिराहाले उपाधीमाथि कब्जा जमाएको हो ।

टस जितेर बारा ले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर ८२ रन को योगफल खडा गरेका थिए । जसमा बाराका प्रतिमा साह ले ३१ रन रचना अर्याल १६ तथा साना प्रविण १४ रन जोडेका थिए ।

बलिङ्गतर्फ सिरहाका संतोषी चौधरी, सरस्वती चौधरी, अनुराधा चौधरीले १÷१ बिकेट हात पारेका थिए । प्रतिउतरमा सिरहाले १४ ओभर ४ बलमा १ बिकेटको क्षतिमा बिजय हात पारेका छ । जसमा सिरहाकालागि अनुराधा चौधरीले अविजित खेल्दै ३१ रन जोडे भने सरस्वती चौधरीले अविजित १२ रन जोडेका थिए । बलिङ्गतर्फ बाराका कुनै पनि बलरले बिकेट हात पारेन भने एक जना रनआउट भएका थिए ।

फाईनल खेलको पलेयर अफ दि फाईनल अनुराधा चौधरी घोषित भएको थियो ।

सो प्रतियोगिता भरी बेस्ट बलर रोजी (महोतरी) बेस्ट ब्याटर प्रतिमा साह (बारा) प्लेयर अफ द टुर्नामेन्ट आरती चौधरी (सिरहा) घोषित भएको छ ।

सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबको अध्यक्षतामा आयोजित फाईनल समारोहमा राजबिराज नगरपालिका उप–प्रमुख साधना झा, प्रदेश २ क्रिकेट संघ उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघ सचिव चन्दनकुमार यादव, प्रदेश २ क्रिकेट खेलाडी छनोट समितिका संयोजक मरतुजा हवारी, सदस्य अनिल शर्मालगायतले फाईनल बिजेता सिरहा र उप–बिजेता बारा टिमलाई शिल्ड, कप, मेडल, प्रमाण–पत्र प्रदान गरेका थिए । साभार ः सत्यापन