• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सिरहा फाईनलमा प्रवेश

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सिरहा फाईनलमा प्रवेश

न्यूज टुडे
राजविराज, २३ मंसिर ।
सप्तरी क्रिकेट संघद्वारा राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरीय टि– ट्वान्टी महिला सिनियर छनौट प्रतियोगितामा सिरहा फाईनलमा प्रवेश गरेको छ । राजविराजस्थित राजरंगशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सर्लाहीलाई ८ विकेटले पराजित गर्दै सिरहा फाईनल प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा सिराहाले सर्लाहीलाई ८ विकेटले पराजित गरि फाईनल प्रवेश गरेका छन् । यसैगरी दोश्रो खेलमा महोत्तरीले सप्तरीलाई ८ विकेटले पराजित गरी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा टस जितेर सर्लाही ले २० ओभरमा ८ बिकेट गुमाएर ८५ रन को योगफल खडा गरे । जसमा सर्लाहीका आरती सिंहले अविजित ४३ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।

बलिङ्गतर्फ सिरहाका अनुराधा चौधरी ३, आरती चौधरी २ र सरस्वती चौधरी १ बिकेट हात पारेका थिए । प्रतिउतरमा सिरहाले ९ ओभरमा २ बिकेट गुमाएर बिजय हात पारेका थिए । जसमा टिमका लागि सरस्वती चौधरी ३१ रन, तथा आरती चौधरीले अविजित रहँदै १८ रन जोडेपछि सिरहा टिमको जित सहज भएको हो ।

बलिङ्गतर्फ सर्लाही का यमुना श्रेष्ठ र तुलसी बिश्वकर्माले १÷१ बिकेट हात पारेका थिए ।

खेलको म्यान अफ दि प्लेयर सिरहाका सरस्वती चौधरी घोषित भएका थिए ।

यसैगरी दोस्रो खेलमा टस जितेर सप्तरीले २० ओभरमा ९ बिकेट गुमाएर ६६ रनको योगफल खडा गरेका थिए । जसमा सप्तरीका अंजु चौधरीले ६ रन नटआउट रहेपनि अरू कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सक्ने भने टिमले ४३ रन अतिरिक्तको रूपमा जोडेका थिए ।

बलिङ्गतर्फ महोतरीका गोमा आले र रोजी खत्री २÷२ बिकेट तथा पुष्पा फुयाल, हेमा पटेल, गुडी गिरीले १÷१ बिकेट लिएका थिए । प्रतिउतरमा महोतरी ले ८ ओभर ३ बल खेल्दै २ बिकेट गुमाएर बिजय हासिल गरे । जसमा टिमका लागि बिमला मगर अविजित रहँदै २८ रन जोडेका थिए ।

बलिङ्गतर्फ सप्तरीका नबिता चौधरी र मनिका चौधरीले १÷१ बिकेट हात पारेका थिए ।

सो खेलमा म्यान अफ दि प्लेयर महोत्तरीका गोमा आलेलाई प्रदेश २ क्रिकेट संघ छनौट समितिका संयोजक मुरतुजा हवारीले कप प्रदान गरेका थिए ।

आज (शुक्रबार)को लिग चरणको अन्तिम खेलअन्तर्गत पहिलो खेल सर्लाही र महोतरी तथा बारा र सप्तरी बीच हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले जानकारी दिए ।