• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराजमा संचालित प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बारा र सर्लाही विजयी

राजविराजमा संचालित प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बारा र सर्लाही विजयी

न्यूज टुडे
राजविराज, २२ मंसिर ।
सप्तरी क्रिकेट संघद्वारा सप्तरीको राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला छनौट क्रिकेट प्रतियोगितामा बारा र सर्लाही विजयी भएका छन् । राजरंगशालामा सम्पन्न छुट्टाछुट्टै भएको पहिलो खेलमा वाराले सिरहालाई र दोश्रो खेलमा सर्लाहीले सप्तरीलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
बुधवार राजबिराजस्थित राजरंगशाला खेल मैदानमा पहिलो खेलमा टस जितेर बाराले २० ओभरमा ४ बिकेट गुमाई ९३ रन को योगफल खडा गरेका थिए । प्रतिमा साह अविजित ३३ रन, साना प्रविण २० रन जोडेका थिए ।
बलिङ्गतर्फ सिरहाका अनुराधा चौधरी २ र चन्द्रिका साहले १ बिकेट हात पारे । प्रतिउतरमा सिरहाले १३ ओभर ४ बल मा १० बिकेट गुमाई ८६ रनमै सिमित रहे । जसमा आरती चौधरीले १५ रन, सरस्वती चौधरीले १२ रन जोडे ।
बलिङ्गतर्फ बाराका प्रियंका गुप्ता ३ बिकेट, साना प्रविण र मधु राउत २÷२ र प्रतिमा साहले १ बिकेट लिएपछि जित सहज भएको हो । सो खेलमा बाराका प्रतिमा साह म्यान अफ दि म्याच घोषित भएका थिए ।
यसैगरी बुधबारै सम्पन्न दोस्रो सप्तरी र सर्लाही बीचको खेलमा टस जितेर सप्तरीले ९ ओभर खेल्दै सबै बिकेट गुमाई ३९ रनको योगफल खडा गरेका थिए । जसमा कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन भने अधिकांस रन अतिरक्त बाटै जोडेका थिए ।
बलिङ्गतर्फ सर्लाहीका तुलसी बिश्वकर्माले उत्कृष्ट बलिङ्ग गर्दै ५ बिकेट लिएपछि सप्तरी सस्तोमै सिमित रहे ।
खेलको म्यान अफ दि म्याच सर्लाहीका तुलसी बिश्वकर्मालाई प्रदेश २ का खेलाडी छनौट समिति संयोजक मरतुजा हवारीले कप र बल प्रदान गरेका थिए ।
आज (बिहीबार)को पहिलो सप्तरी र महोतरी तथा दोस्रो खेल सर्लाही र सिरहा बीच हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।