• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगितामा वारा र सिरहाको जित

प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगितामा वारा र सिरहाको जित

न्यूज टुडे
राजविराज, २१ मंसिर ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय टि–ट्वान्टी महिला सिनियर छनौट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा बारा र महोत्तरी विजयी भएका छन् । राजविराजस्थित राजरंगशालामा सम्पन्न दोश्रो दिनको खेलमा बारालेले सर्लाहीलाई र सिराहाले महोत्तरीलाई पराजित गर्दै जित हासिल गरेको हो ।

पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणको उत्कृष्ट प्रदर्शनले बारा १० बिकेटले जित हासिल गरेको छ । त्यस्तै सिराहाले महोतरीलाई ५७ रनले जित हात पारेको छ ।

मंगलबार राजबिराजस्थित राजरंगशाला खेल मैदानमा पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १३ रन को योगफल खडा गरेका थिए । जसमा सिरहाका संतोषी चौधरीले ३५ रन आरती चौधरीले २९ रन जोडेका थिए ।

बलिङ्गतर्फ महोत्तरी रोजी खत्री र गोमा आले ३÷३ बिकेट हात पारेका थिए भने हेमा पटेल तथा शोभा आले १÷१ बिकेट लिएकी छिन् । प्रतिउतरमा महोत्तरीले १६ ओभरमा सबै बिकेट गुमाई ५६ रन मै सिमित रहे । जसमा टिमका लागि शोभा आले २१ रन बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेन ।

यता बलिङ्गतर्फ सिरहाका अनुराधा चौधरी र चान्दनी साह २÷२ बिकेट तथा संतोषी चौधरी, सरस्वति चौधरी, आरती चौधरीले १÷१ बिकेट लिएकी छिन् ।

खेलको पलेयर अफ दि म्याच संतोषी चौधरी घोषित भएकी छिन् ।

यस्तै मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ७ बिकेट गुमाई ८० रनको योगफल खडा गरे । जसमा आरती सिंह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सकेन ।

बलिङ्गतर्फ बाराका साना प्रविणले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १÷१ बिकेट हात पारिन् । प्रतिउतरमा बाराले ८ ओभरमा १ बल खेल्दै कुनै पनि खेलाडी नगुमाई बिजयी हात पारेका छन् ।

टिमलाई जिताउन साना प्रविणले ३१ बलमा ६ चौका प्रहार गर्दै ४२ रन अविजित खेलेका छन् भने अर्का खेलाडी अलिसा यादबले २४ रन नटआउट पारी खेलेपछि बारा १० बिकेटले जित हात पारेको हो ।

आज (बुधबार)को खेल सर्लाही र सप्तरी तथा सिरहा र बारा बीच खेल हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले जानकारी दिएका छन् ।