न्यूज टुडे
राजविराज, २० मंसिर ।
प्रधानमंन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा बारा र सिरहा बिजय भएका छन् ।
पहिलो खेलमा सिरहाले सप्तरीलाई ९० रनले पराजित गरेका छ भने बाराले महोतरीलाई ८ बिकेटले पराजित गर्दै बिजय सुरूवात गरेका हुन् ।

सोमबार राजबिराजस्थित राजरंगशाला खेल मैदानमा पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित १४ ओभरमा १ बिकेट गुमाएर १ सय २८ रनको योगफल खडा गरेका थिए । जसमा सिरहाका अनुराधा चौधरीले अविजित ५२ रन र आरती चौधरी ले ५१ रन जोडेका थिए ।
बलिंगतर्फ सप्तरीका कुनै खेलाडीले बिकेट हात पार्न सकेन भने एक जना खेलाडी रन आउट भएका थिए । प्रतिउतरमा सप्तरीले १२ ओभरमा सबै बिकेट गुमाएर ३३ रनमै सिमित रहे ।
जसमा सपना भुजेलले १७ रन अविजित बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेन, यो सँगै सिरहाले ९५ रनले बिजय हात पारेको हो ।
बिजय टिमका अनुराधा चौधरीले म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा महोतरीले टस जितेर ब्याटिङ्ग गर्दै निर्धारित १२ ओभरको खेलमा ३ बिकेट गुमाई ८२ रनको योगफल खडा गरेका थिए । जसमा गोमा आले ४० रन र रोजी खत्रीले १४ रन को जोडेका थिए ।
बलिङ्गतर्फ बाराका बन्दना गुप्ता २ र निकी कुशवाहाले १ बिकेट हात पारेका थिए । प्रतिउतरमा बाराले अन्तिम बलमा अलिसा यादबले चौका प्रहार गरेपछि बिजय सहज भएको हो ।
यसैगरी बाराका साना प्रविणले उत्कृष्ठ ब्याटिङ्ग गर्दै ३९ बलमा २८ रन बनाउँदै अविजित रहेकी छिन्, त्यस्तै अलिसा यादबले ५ रन अविजित रहेर खेलकी छिन् ।
बलिङ्गतर्फ महोतरीका रोजी खत्री र हेमा पटेलले १÷१ बिकेट हात पारेका थिए ।
खेलको म्यान अफ दि म्याच बिजय टिमका साना प्रविण खेलको म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी गराएको छ ।
सो अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीहरूलाई प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महबुव आलमले कप प्रदान गरेका थिए ।
आज (मंगलबार)को खेल सिरहा र महोतरी तथा सर्लाही र बाराबीच हुने आयोजकले जनाएको छ ।