शम्भु चौधरी
अ.कृष्णासवरन, २१ कार्तिक ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ मा पुरानो गणेश यूवा क्लबद्वारा संचलित दशौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी क्रियेटिभ यूवा क्लब तेरहौताले हात पारेको छ । जनता आधारभूत विद्यालय बनौली वडगोरियाको खेलमैदानमा आइतबार सम्पन्न फाईनल खेलमा तपेश्वरी बाबा नव यूवा क्लव जण्डौललाई ०–१ गोलले पराजित गर्दै तेरहौताले उपाधीमाथी कब्जा जमाएको हो ।
दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापमा दुबै टिमले गोल गर्न सकेन । निर्धारित १ घण्टाको समय अवधि रहेको खेलको दोस्रो हाफको ४५ औं मिनेटमा बिजेता टिमका जर्सी नम्बर १ का बिनु मगरले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सोही गोल खेलका लागि निर्णायक भएका थिए ।
खेल समापन पछि एक समारोहका बीच विजेता तथा उपविजेता टिमलाई एक समारोहका बीच पुरस्कार प्रदान गरिएको थियो । अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित प्रमुख अतिथि प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साहले विजेता टिमलाई नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
यसैगरी बिशिष्ट अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा.सुर्य नारायण यादवले उपविजेता टिमका खेलाडीहरु नगद १५ हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री साह, साँसद यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादवलगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
स्थानीय यूवा अशोक यादवद्वारा संचालित कार्यक्रममा स्वागत जसपा जिल्ला सदस्य रामदेव यादवले गरे ।