• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बरमझियालाई पराजित गर्दै हरिहरपुर बिजयी

बरमझियालाई पराजित गर्दै हरिहरपुर बिजयी

न्यूज टुडे
राजबिराज, १७ कार्तिक ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगिताको बुधबारको खेलमा द एभरेष्ट यूवा फुटबल टिम हरिहरपुर बिजयी भएका छन् । हिरोज स्पोर्ट्स क्लब बरमझियालाई पराजित गर्दै हरिहरपुर विजय भएका हुन् ।

जनता आधारभूत विद्यालय हरिहरपुरको खेलमैदानमा आयोजित प्रतियोगिताको निर्धारित ७० मिटेको समयमा दुबै टिमको तर्फबाट २–२ गोल गरेपछी खेल बराबरी भएका थिए । दुबै टिम बीच कडा प्रतिस्पर्धा भएको खेलमा बराबरी भएपछि ट्रइबे्रकरमा हरिहरपुर बिजयी भएको आयोजकले जनाएको छ ।

शुक्रबारको खेल भंगाहा यूवा फुटबल टिम भंगाहा र नमः बुद्ध यूथ क्लव खडक नगरपालिका ७ मझौ बीच हुने आयोजक समितिका अध्यक्ष रबिन्द्र नारायण जोशी थारुले जानकारी दिए ।