• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

रुपनी गाउँपालिकामा संचालित दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि बरहीवीरपुरलाई

रुपनी गाउँपालिकामा संचालित दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि बरहीवीरपुरलाई

न्यूज टुडे
राजबिराज, १६ कार्तिक ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा राईजिङ्ग यूथ नेपालद्वारा संचालित दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि छिन्नमस्ता स्पोर्ट्स क्लब बरहीवीरपुर सप्तरीले हात पारेको छ । रुपनीस्थिति खाँडो खोला खेलमैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा फुलबारी क्रिकेट टिम ईनरुवा सुनसरीलाई ९ विकेटले पराजित गर्दै बरहीवीरपुर सप्तरीले उपाधिमाथि कब्जा जमाएको हो ।

जितसँगै छिन्नमस्ता क्रिकेट टिमले ४० हजार पुरस्कार प्राप्त गरेका छन् । टस जितेर ब्याटिङ्ग रोजेका सुनसरीले १७ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ९६ रन बनाए । प्रतिउत्तरमा ९७ रनको लक्ष्य लिई मैदानमा उत्रिएका बरहीवीरपुर सप्तरीले ७.१ ओभर खेल्दै १ विकेटको क्षतिमा जित हासिल गरे । प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याड्सम्यान सप्तरीका महबुब आलम, बेष्ट बलर आदिल अन्सारी घोषित भए । प्रतियोगितामा बिजेता तथा उपविजेता टिमलाई एक समारोहका बीच पुरस्कार प्रदान गरिएका छन् ।

राईजिङ्ग यूथ नेपालका अध्यक्ष राज कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव र बिशिस्ट अतिथि उपाध्यक्ष वेचनी देवी सरदारले विजेता टिमलाई नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरे । यसैगरी उपविजेता टिमलाई बिशिस्ट अतिथि रुपनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पितम्बर यादव र वडा नम्बर २ का अध्यक्ष दानालाल साहले नगद २१ हजार, कप, मेडल प्रमाण–पत्र प्रदान गरे।

खेल समापन समारोहमा जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी, संचारकर्मीलगायतका बिशिस्ट ब्यक्तिहरुको उपस्थित रहेको आयोजक समितिका धिरेन्द्र चौधरीले जानकारी दिए ।