• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेस्रो मिथिला कप क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड क्रिकेट क्लब पर्सालाई

तेस्रो मिथिला कप क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड क्रिकेट क्लब पर्सालाई

न्यूज टुडे
राजबिराज, १५ कार्तिक ।
युवा शक्ति क्लब बिष्णुपुर ६ द्वारा सप्तरीको राजबिराजमा संचालित तेस्रो मिथिला कप क्रिकेट प्रतियोगिताको उपाधि यूनाइटेड क्रिकेट क्लब पर्साले हात पारेको छ । राजबिराजस्थित मविव क्याम्पसको खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा छिन्नमस्ता स्पोर्ट्स क्लब बरहीबिरपुर सप्तरीलाई ५९ रनले पराजित गर्दै पर्साले जित हासिल गरेको हो ।

जितसँगै यूनाइटेड क्रिकेट क्लब पर्साले १ लाख रुपैया पुरस्कार प्राप्त गरेका छन् । टस हारेर ब्याटिङ्गमा उत्रिएका पर्साले निर्धारित २० ओभरमा ७ बिकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारे । पर्साका लागि सन्तोष कार्कीले सर्वाधिक ३९, सैफअलि हवारीले ३३, नरेश गिरले २७ र ईमरान शेखले १८ रनको योगदान गरे ।

बलिङ्गतर्फ सप्तरीका उपेन्द्र रायले ३ महबुव आलम र दिनेश अधिकारीले समान २÷२ बिकेट लिए । १ सय ६२ रनको तार्गेटको लक्ष्य लिएर मैदानमा उत्रेका छिन्नमस्ता स्पोर्ट्स क्लब बरहीबिरपुर सप्तरीले १८ दशमलव ५ ओभर खेल्दै १ सय २ रन मात्र लिन सफल भए । पर्साका लागि राजा मन्सुरीले ४, अल्ताफ मन्सुरीले ३ तथा नरेश गिरी र इमरान खानले १÷१ बिकेट लिए ।

खेलको म्यान अफ द म्याच राजा मन्सुरी घोषित भए, बेष्ट बलरमा रन्जितपुर राईडर्सका बिक्रान्त देव र बेष्ट ब्याडट्स म्यान पंकज देव घोषित भए । यस्तै उपबिजेता सप्तरीका आदिल अन्सारी म्यान अफ दि सिरिज घोषित भएका थिए । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई एक समारोहका बीच पुरस्कार प्रदान गरिएको थियो ।

आयोजक समितिका अध्यक्ष रबिन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बिजेता टिमलाई नगद १ लाख, शिल्ड, कप प्रमाणपत्र प्रदान गरे । यसैगरी उपबिजेता टिमलाई राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष निलाम्बर यादवले नगद ५० हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।