न्यूज टुडे
राजबिराज, १५ कार्तिक ।
सप्तरी अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ स्थित हरिहरपुरमा सोमबार सातौं पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । जसकरण हिराई द एभरेष्ट यूवा फुटबल टिम हरिहरपुरद्वारा प्रतियोगिताको आयोजना गरेको हो ।
जनता आधारभूत विद्यालय हरिहरपुरको खेलमैदानमा आयोजित प्रतियोगिताको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीले उद्वघाटन गरे । जसकरण हिराई द एभरेष्ट यूवा फुटबल टिमका अध्यक्ष रबिन्द्र नारायण जोशीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा तत्कालीन हरिहरपुर गाबिसका अध्यक्ष बद्री नारायण चौधरी, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादव, मावि जण्डौलका प्रधानाध्यापक चन्द्र देब चौधरीलगायतले मन्तव्य व्यक्त गरे ।

प्रतियोगिताको उद्घाटन खेल रामजानकी यूवा फुटबल क्लब मट्टिगढा र न्यू जुनियर आरएफसी राजबिराज बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा मट्टीगढा बिजयी भएका छन् । राजबिराजलाई ०–३ गोलले पराजित गर्दै मट्टीगढा बिजयी भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा रामजानकी यूवा फुटबल टिम मट्टीगडा, न्यू जुनियर आरेफसी राजबिराज, द एभरेष्ट यूवा फुटबल टिम हरिहरपुर, हिरोज स्पोर्ट्स क्लब बरमझिया, एमएमसी समसेरपुर, तपेश्वरी यूवा क्लब जण्डौल, वाईएफसी शम्भुनाथ, भंगाहा यूवा फुटबल टिम भंगाहा, नव बुद्ध यूवा क्लब खडक नगरपालिका मझौ, केएसवाईसी खडक ९ भदिया गरी दस टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमलाई नगद २० हजार र शिल्ड, मेडल प्रमाण–पत्र र उपबिजेता टिमलाई नगद २० हजर कप शिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।