Top_Header_Right_Add

कठौनामा जंगली हरिण मृत अबस्थामा भेटियो

कठौनामा जंगली हरिण मृत अबस्थामा भेटियो

न्यूज टुडे
राजबिराज, १० कार्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित कठौनामा बुधबार एक जंगली वयस्क हरिण मरेको अबस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गको सडक किनारमा बिहान ७ बजे अन्दाजी १ सय किलो बराबरको हरिण मरेको अबस्थामा फेला परेको हो ।

हरिण सवारी दुर्घटनामा मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । हरिणलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हरिण मरेको सुचना पाउनसाथ घटनास्थलमा प्रहरी पुगेर आबश्यक प्रक्रिया पूरा गरि रुपनीस्थित सवडिभिजन वन कार्यालय रुपनीको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मरेको हरिणलाई जनप्रतिनिधि र स्थानीयबासीको रोहबरमा खाल्डा खनी गाडिएको सवडिभिजन वन कार्यालय रुपनीका प्रमुख सहायक वन अधिकृत रामअशिष यादवले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer