Top_Header_Right_Add

मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र सप्तरी बिजयी

मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र सप्तरी बिजयी

न्यूज टुडे
राजबिराज, ०९ कार्तिक ।
यूवा शक्ति क्लब बिष्णुपुर ६ द्वारा संचालित मिथिलाकप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न तेस्रो दिनको खेलमा युनाईटेड क्रिकेट क्लव पर्सा र छिन्नमस्ता स्पोर्ट्स क्लव सप्तरी बिजयी भएका छन् । धनुषा रोयल क्रिकेट एकेडेमी धनुषालाई ३५ रनले र वोस्टन क्रिकेट एकेडेमी झापालाई ७ बिकेटले पराजित गर्दै युनाईटेड क्रिकेट एकेडेमी पर्सा र छिन्नमस्ता स्पोर्ट्स क्लव बरही सप्तरी बिजयी भएका हुन् ।

मबिव क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थिए ।

जसमा टिमका लागि अलफज मंसुरी अविजित २७ रन, सुरज पटेल २४ रन तथा राजा मंसुरी अविजित १९ रनको योगदान गरेका थिए ।

बलिङ्गतर्पm धनुषा रोयल क्रिकेट एकेडेमी धनुषाका सैमन राय ५ विकेट तथा दिव्यान्सु मल्लिक र समिर नेपाली समान १–१ विकेट हात पारेका थिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य लिएका धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई मात्र १०२ रन बनाउँदा पर्सा ३५ रनले बिजयी भएका थिए ।

जसमा धनुषा रोयल क्रिकेट एकेडेमी धनुषाका लागि अकबर अलि २८ रन तथा बिशाल सुसलिङ्ग १७ रनकोे योगदन दिएका थिए ।

बलिङ्गतर्पm पर्साका राजा मंसुरी ३ विकेट तथा उज्जवल सिंह र नरेश गिरी २–२ विकेट लिएपछि पर्साले सजिलै जित हासिल गरेका थिए ।

सो खेलको म्यान अफ दि म्याच धनुषाका सैमन्न राय घोषित भएको थिए ।

यसैगरी मङ्गलबार नै सम्पन्न दोस्रो खेलमा झापालाई ४ विकेटले पराजित गर्दै बरही विरपुर, सप्तरी बिजय भएका छन् ।

टस जितेर ब्याटिङ्ग रोजेको झापाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९८ रनको योगफल खडा गरेका थिए ।

जसमा विराट दाङ्गी अविजित २९ रन तथा मनोज तामाङ १५ रन जोडेका थिए ।

बलिङ्ग छिन्नमस्ता बरहीका आदिल अंशारी ३ विकेट, उपेन्द्र राय २ विकेट तथा नन्दन झा १ विकेट हाथ पारेका थिए ।

जवाफमा ९८ रनको लक्ष्य लिएका छिन्नमस्ता बरही बिरपुरले १७ ओभर २ बल खेल्दै बिजय हाथ पारेका थिए ।

जसमा आदिल अंसारी अविजित रहँदै २६ रन जोडे भन्ने हसिम अंशारी २७ रन तथा रोहन बिक १८ रनको योगदान दिएका थिए ।

बलिङ्गतर्पm झापाका मो.कमरान २ विकेट तथा मनोज तमाङ्ग र बिनित बस्तोला समान १–१ विकेट हाथ पारेका थिए ।

सो खेलमा बिजय टिमका आदिल अंशारी १७ बलमा २७ रन तथा ३ विकेट लिदा म्यान अफ दि म्याच घोषित गरिएका थिए ।

सो प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल बजाज यूथ सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी मोहत्तरी बीच तथा दोस्रो खेल लाईन्स क्लव सप्तरी र रौतहट–११ को बीच हुने छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer