• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मन्त्री साहद्वारा तेस्रो मिथिलाकप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता उद्घाटन

उद्घाटन खेलमा सुनसरीलाई पराजित गर्दै सिराहा बिजयी
मन्त्री साहद्वारा तेस्रो मिथिलाकप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता उद्घाटन

न्यूज टुडे
राजबिराज, ०७ कार्तिक ।
प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले तेस्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेलमैदानमा संचालित प्रतियोगिताको आइतबार आयोजित एक समारोहका बीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।

यूवा शक्ति क्लव बिष्णुपुरद्वारा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिताको मन्त्री साहले ब्याटिङ्ग गरेर उद्घाटन गरे । क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले खेल मानव जीवनमा अति आबश्यक रहेको बताए । खेलको माध्यमले सामाजिक रुपान्तरणमा समेत ठूलो टेवा पुग्नेछ, मन्त्री साहले भने, खेल सामाजिक परिवर्तनको एक आधार पनि हो ,स्वास्थ्यका लागि मानव जीवनमा खेल अति आबश्यक छ ।

यूवाहरुको कुलततर्फ आकर्षण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले खेलको माध्यमले सामाजमा ब्याप्त बिकृति बिसंगति अन्त्य गर्नमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे । मधेशको पहिचान झल्काउने गरि प्रतियोगिता आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै मन्त्री साहले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।

क्लबका अध्यक्ष ईन्जिनियर रबिन्द्र यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको संचालन कोषाध्यक्ष नन्दकिशोर गुप्ताले गरे । उद्घाटन खेलमा लहान क्रिकेट क्लब सिरहाले फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै जित हासिल गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ टिमले सहभागी जनाएको छ । प्रतियोगिताका बिजेता टिमलाई नगद १ लाख र उपबिजेता टिमलाई पचास हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सह–सचिव जितेन्द्र कुमार यादवले बताए ।