राजबिराज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मा संचालित श्री रामजानकी छैठौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि सुरुङ्गा यूवा क्लव हर्दिया सप्तरीले हात परेको छ । रामजानकी हटियाको खेलमैदान मट्टीगढामा शनिबार सम्पन्न फाईनल खेलमा बलान यूवा क्लव लहान सिरहालाई पराजित गर्दै हर्दिया सप्तरीले उपाधि कब्जा गरेको हो ।


दुबै टिम बीच कडा प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट १–१ गोल भई बराबरी भएपछि ट्राईबेकरको आधारमा खेलको छिनोफानो गरिएको थियोे । खेलको पहिलो हापको १२ औं मिनेटमा उपबिजेता टिमका जर्सी नम्बर १० का सुनिल कुमार चौधरीले गोल गरेर टिमलाई अग्रस्थानमा राखेका थिए । खेलको पहिलो हाफमा गोल फर्काउन नसकेका बिजेता टिमले खेलको दोस्रो हाफको ९ आंै मिनेटमा जर्सी नम्बर ९ का बिनु मगरले गोल गर्न सफल भएपछि खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित ७० मिनेटको खेल अबधिभर दुबै टिमले दोस्रो गोल गर्न नसकेपछि खेल प्लान्टीमार्फत छिनोफानो गरिएको थियो । प्लान्टीमा सुरुङ्गा यूवा क्लवले लगातार ५ गोल गरेर जित हासिल गरे भने बलान यूवा क्लवले ३ गोलमात्र गर्न सफल भएका थिए । खेलका बिजेता तथा उपबिजेता टिमलाई एक समारोहका बीच पुरस्कार प्रदान गरिएको थियोे ।
आयोजक समितिका अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा बिजेता टिमलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले नगद ३५ हजार, शिल्ड, मेडल र खेलाडीहरुलाई प्रमाण–पत्र प्रदान गरे । यसैगरी उपबिजेता टिमलाई अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले नगद २५ हजार, कप, मेडल र प्रमाण–पत्र प्रदान गरे ।

यसैगरी खेलका उत्कृष्ट खेलाडी बिजेता टिमका सुनिल सिंह घोषित भएका छन् । उत्कृष्ट खेलाडी सिंहलाई जिल्ला खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले नगद १५ सय सहित प्रमाण–पत्र प्रदान गरे । खेल समापन समारोहमा साँसद डा. यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष मिना चौधरी, पूर्व बिधायक असर्फी सदा, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष पशुपति चौधरी, तत्कालीन हरिहरपुर गाबिसका अध्यक्ष बद्री नारायण चौधरी, तत्कालीन प्रशवनी गाबिसका अध्यक्ष रामदेव यादव, एकीकृत माओबादी अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । साभार ः सत्यापन