• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी सप्तरीलाई, मन्त्री साहद्वारा पुरस्कार बितरण

जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी सप्तरीलाई, मन्त्री साहद्वारा पुरस्कार बितरण

न्यूज टुडे
राजबिराज, ३१ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा १ घोंघिदाहामा संचालित जनचेतना ४०औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी अग्निसाईर फुटबल टिम सितापुर सप्तरीले हात पारेको छ । जनचेतना माध्यमिक विद्यालय घोंघिदाहा भवानीपुरको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा रामधुनी यूवा क्लव झुम्का सुनसरीलाई ० को विरुद्ध १ गोलले पराजित गर्दै सितापुर सप्तरीले उपाधीमाथि कब्जा जमाएको हो ।

दुबै टिम बीच कडा प्रतिस्पर्धा भएको खेलको पहिलो हाफमा कुनैपनि गोल हुन सकेन । खेलको दोस्रो हाफमा विजेता टिमका जर्सी नम्बर १४ का कृपा चौधरीले खेलको पन्ध्रऔं मिनेटमा गोल गरेका थिए । सोही गोल निर्णायक बनेका थिए । जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षता आयोजित एक समारोहका बीच खेलका बिजेता तथा उपविजेता टिमलाई पुरस्कार बितरण गरिएको थियो ।

बिजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साहले नगद ५१ हजारसहित शिल्ड, प्रमाण–पत्र, मेडलसहितका प्रथम पुरस्कार बितरण गरे । यसैगरी उपबिजेता टिमलाई कार्यक्रमका बिशिस्ट अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले नगद ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री साह, बिशिस्ट अतिथि मिना चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलाडीहरुको प्रगतिको कामाना गरे ।

अमरेन्द्र ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत खेलका संस्थापक अध्यक्ष राजदेव चौधरीले गरे ।