न्यूज टुडे
राजबिराज, २५ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित संचालित ४० औ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा रामधुनी युवा क्लव झुम्काले जित हाँसिल गरेका छन् । बिराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्गलाई पराजित गर्दै झुम्का सुनसरीले जित हात पारेको हो ।
जनचेतना ४० औ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजक समिति घोघिदाहाद्वारा संचालन प्रतियोगितामा निर्धारित ७० मिनेट खेलमा खेलको पहिलो हापको ९ मिनेटमा झुम्का टिमका जर्सी नम्बर ९ का महेश राउतले गोल गरे । यसैगरी झुम्का टिमका जर्सी नम्बर १ का अनिस चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए । बिराराटनगरको तर्फबाट जर्सी नम्बर १६ का नवराज कार्की गोल गरे ।
खेलको दोश्रो हाफमा झुम्काका जर्सी नम्बर १० का संदिप लिम्बुले गोल गरि टिमको जित सुनिश्चित गरेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार अग्निसाईर फुटबल टिम सितापुर र महुली स्पोर्ट्स क्लव भवानीपुर बीच पहिलो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए ।