• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

फत्तेपुरलाई पराजित गर्दै राजबिराज बिजयी

फत्तेपुरलाई पराजित गर्दै राजबिराज बिजयी

न्यूज टुडे
राजबिराज, २५ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मा रामजानकी यूवा कल्व मट्टीगढाद्वारा संचालित छैंठो पचशिल्ड फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा राजदेवी यूवा क्लव पडरिया राजबिराजले जित हासिल गरेको छ । डाँफे यूवा क्लव फत्तेपुरलाई ०–२ को गोल अन्तरले पराजित गर्दै राजबिराजले जित हासिल गरेको हो ।

निर्धारित ७० मिनेटको खेल अबधिमा राजदेबी यूवा क्लव पडरिया राजबिराजले २ गोल गरेपनि फत्तेपुर टिमको तर्फबाट कुनैपनि गोल फर्काउन नसकिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबारको खेल शम्भुनाथ यूवा क्लव मोहनपुर र आयोजक जानकी यूवा क्लव मट्टीगढा बीच हुने आयोजक समितिका अध्यक्ष भगवती चौधरीले जानकारी दिए ।