न्यूज टुडे
राजबिराज, २२ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ घोंघिदाहामा शुक्रबार जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता शुरु भएको छ । जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता आयोजक समितिद्वारा प्रतियोगिताको आयोजना गरेको हो ।

फुटबल प्रतियोगिताको एक समारोहका बीच सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले उद्वघाटन गरे । आयोजक समितिका अध्यक्ष शम्भु चौधरीको अध्यक्षतामा आयोजित फुटवल खेल उद्घाटन समारोहमा नेकपा माओबादी केन्द्रका नेता तथा बिधायक असर्फी सदा, अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कल्पना चौधरी, संघीय परिषद् सदस्य गुणानन्द चौधरी, एमाले नेता माधाव प्रसाद चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, १ का अध्यक्ष तेज नारायण चौधरी थारु, नेकपा एमाले अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, एमाओबादी केन्द्रका जिल्ला सदस्य एवम् गाउँपालिका संयोजक बेचन प्रसाद चौधरी, जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक सत्यनारायण चौधरी, उपाध्यक्ष दिनेश साह, जिल्ला सदस्य दुर्गानन्द चौधरी, गापा सचिव मिलन चौधरी, श्याम चौधरी लगायतकाको उपस्तिथि रहेको थियोे ।

प्रतियोगितामा अग्निसाईर फुटबल टिम सितापुर, सप्तरी, गोलबजार स्पोर्ट्स क्लव गोलबजार सिरहा, बसाहा क्लव उदयपुर, दुधौली स्पोर्ट्स कल्व सिन्धुली, गोदार एफ सी धनुषा, बिराटनगर एकेडेमी मोरङ्ग, रामधुनी युवा क्लव झुम्का सुनसरी र महुली ११ स्पोर्ट्स कल्व भवानीपुर गरि ८ वटा फुटबल टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा अग्निसाईर फुटबल टिम र गोलबजार स्पोर्ट्स कल्व गोलबजार बीच कडा प्रतिस्पर्धा भएको छ । खेलको निर्धारित समायमा दुबै टिमको तर्फबाट १–१ गोल गरि खेलको छिनोफानो नभई बराबरीमा टुङ्गिएको थियोे । त्यसपछि ट्राईबेकरको आधारमा अग्निसाईर टिमले ५ गोल गरेर जित हाँसिल गरेका थिए । गोलबजारको तर्फबाट ४ गोलमात्र गरेपछि अग्निसाईर फुटबल टिम बिजयी भएको आयोजकले जनाएको छ ।
भोलीको खेल दुधौली स्पोर्ट्स क्लव सिन्धुली र गोदार एफ सी गोदार धनुषा बीच हुने आयोजक समितिका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए ।