• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

प्रदेश २ का कृषि मन्त्री यादवद्वारा पदभार ग्रहण

प्रदेश २ का कृषि मन्त्री यादवद्वारा पदभार ग्रहण

न्यूज टुडे
राजबिराज, १६ भदौ ।
प्रदेश नम्बर २ का भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले बुधबार पदभार ग्रहण गरेका छन् । भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय पुगेर उनले पदभार सम्हालेका हुन् ।

मन्त्री यादवलाई मन्त्रालयका सचिबसहित अन्य कर्मचारी र जसपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री यादवलाई जिम्मेवारी हेरफेर गरी भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका थिए । मुख्यमन्त्री लालबाबु राउतले भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ र अर्थमन्त्री बिजय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

अर्थ मन्त्रीको जिम्मेवारी पाएका मन्त्री साहले सोमबार पदभार ग्रहण गरिसकेका छन् । कृषि मन्त्री यादव जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा तराई मधेस प्रदेश समिति प्रदेश नम्बर २ का अध्यक्ष हुन् ।