Top_Header_Right_Add

कोरोनासँग सबै मिलेर सामना गर्नुपर्छ : मन्त्री मण्डल

कोरोनासँग सबै मिलेर सामना गर्नुपर्छ : मन्त्री मण्डल

बृजमान तामाङ
जनकपुरधाम, १९ चैत ।

प्रदेश नम्बर २ का उधोग, पर्यटन, बन तथा बातावरण राज्य मन्त्री शुरेश कुमार मण्डलले कोरोनाको संकट टरि नसकेकोले सबै मिलेर सामाना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च काठमाडौद्वारा बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आदिबासी महिलालाई कोरोनाले पारेको प्रभाव र सो संघ जुध्न अपनाएका रणनीतिसम्बन्धि प्रदेश २ र स्थानीय सरकारसँग अनुसन्धान निष्कर्ष बारेको प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले कोरोनाको संकट अझैसम्म टरि नसकेको बताए । कोरोनाले सर्वसाधारणदेखि सबैको जिबिकोपार्जनमा समस्या पारे मन्त्री मण्डलले भने– महामारीले देशको अर्थतन्त्रमा ठूलो ह्रास ल्याए उनले थपे– कोरोनाको संकट अझै टरिसकेको छैन सबै मिलेर सामना गर्नुपर्छ ।

मन्त्री मण्डलले कोरोनाले पारेको प्रभाव र सोसँग जुझ्न अपनाएका रणनीतिले जनताको जीबनयापनमा सहज हुने बताए । अनुसान्धनबाट आएको निष्कर्षले कोरोनाविरुद्ध रणनीति बनाउन टेवा पुग्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री मण्डलले अनुसान्धनबाट आएको नतिजालाई आधार बनाएर सबै तहको सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेश २ सरकारले कोरोनाबाट कसैलाई समस्या आउन नदिन कार्ययोजना बनाएर अघि बढेको चर्चा गर्दै मन्त्री मण्डलले अनुसान्धले सरकारले गर्नुपर्ने कार्यलाई औल्याउन अनुसन्धानबाट सहयोग पुगेको भन्दै धन्यवाद व्यक्त गरे । मन्त्री मण्डलले कोरोनाको जोखिम कायमै रहेकोले संक्रमण हुनबाट जोगिन स्वास्थ्य मापदण्ड सबैले पालन गर्न आग्रह गरे ।

राष्ट्रिय आदिबासी जनजाति महिला मंचका महासचिव कृष्णा कुमारी वाईबाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का बिभिन्न मन्त्रालयका प्रतिनिधि, आनुसाधन भएका स्थानका स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, पत्रकारहरु समेत कोरोनाले आदिवासी महिलालाई पारेको प्रभाव र सोसँग जुझ्न अपनाउनुपार्ने सजकताको बारे धाराणा राखेका थिए ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका स्थानीय अनुसान्धन संयोजक कल्पना चौधरीद्वारा संचालित कार्यक्रममा अनुसन्धानद्वारा आएको निष्कर्षबारे जानकारीसहितको प्रस्तुति अनुसन्धानका टोलीप्रमुख अमित तामाङले गरे । कोभिड १९ को प्रकोप बढेसँगै राष्ट्रिय आदिवासी जनजाति महिला मंचले सप्तरीको अग्निसाईर कृष्णासवरन, रुपनी, तिरुहुत गाउँपालिकालाई कार्यक्षेत्र बनाएर आदिवासी महिलालाई पारेको प्रभाव र समस्याबारे अनुसान्धन गरेका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer