• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारतीय नागरिक सिंह उपर अनुसन्धान थालियो

किर्ते नागरिकता प्रकरण
भारतीय नागरिक सिंह उपर अनुसन्धान थालियो

न्यूज टुडे
राजविराज, १२ चैत्र ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको अभियोगमा हाल सुनसरी कारागारमा रहेका भारतीय नागरिक राजकुमार सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा सप्तरी प्रहरीले अनुसन्धान थालेको छ । जिल्ल प्रशासन कार्यालय सप्तरीवाट झुठो विवरण पेश गरी २०४६ साल वैशाख १० गते नेपाली नागरिकता लिएको भन्दै सुनसरी प्रहरीलेले दिएको जानकारी अनुरुप जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंह माथि अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुनसरी प्रहरीले दिएको जानकारीको आधारमा सिंह माथि प्रारम्भीक अनुसन्धान थालिएको हो । सोहि अनुसार सप्तरी प्रहरीले फाल्गुन १८ गते जिल्ला अदालत सप्तरीमा सिंह विरुद्ध पक्राउ पुर्जीका निम्ती अनुमति समेत मागेका छन् । मुलुकी फौजदारी कार्यविधि(संहिता) २०४७ को दफा ९ को उपदफा(२) बमोजिम अभियुक्त सिंहलाई पक्राउ गर्नका लागि जिल्ला अदालत समक्ष सप्तरी प्रहरीले अनुमति मागेका हुन् ।

सप्तरी प्रहरीद्वारा जिल्ला अदालतमा दायर गरीएको उक्त निवेदनमा अभियुक्त सिंहको कसुरवारे प्रस्तुत संक्षिप्त विवरणमा भनिएको छ, ‘निज राजकुमार सिंह भारतको बिहार राज्य सुपौल भिमनगर बैरज वस्ने भारतिय नागरिक हुन । निज व्यक्तिले झुठो विवरण पेश गरी नागरिकता प्रमाण पत्र नम्बर ०७३९३११३ जारी ििमत ०४६ बैशाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीवाट नेपाली नागरिकता लिई हाल जिल्ला सुनसरी ईनरुवा नगरपालिका–३ स्थित नगरपालिका रोडमा बसोवास गरी व्यापार व्यवसाय गरी वस्दै आएका छन् ।’ सप्तरी जिल्ला अदालतले सोहि दिन सप्तरी प्रहरीलाई अभियुक्त भारतीय नागरिक सिंहलाई पक्राउ गर्ने अनुमति समेत प्रदान गरिसकेका छन् ।

अदालतवाट अनुमति प्राप्त भए लगत्तै फाल्गनु १८ गते नै सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई संचार गरी अभियुक्त राजकुमार सिंह लागु औषध मुद्दामा हाल सुनसरी प्रहरीको नियन्त्रणमा रहेको अभियुक्त सिंह लागु औषध मुद्दामा छुटि जाने भए जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाउन अनुरोध समेत गरेका छन् । फाल्गुन १६ गते सुनसरी प्रहरीले सप्तरी प्रहरीलाई चलानी नम्बर ३०१५को पत्रले राजकुमार सिंहवारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले यस मुद्दामा यसरी तदारुकता देखाएका हुन् ।

सिंह माथि जिल्ला प्रशासन कार्यालय सप्तरीमा किर्ते नागरिकता सम्बन्धी उजुरी मंसिर २९ गते नै परिसकेका रहेछन् । दर्ता नम्बर २३१ रहेको उक्त निवेदन सुनसरीको कोसी नगरपालिका–८ ठेगाना भएका एक व्यक्तिले दिएका हुन् । यद्यपी जिल्ला प्रशासन कार्यालयले हाल सम्म उक्त निवेदन प्रति खासै चासो नदेखाउन नसकेको निवेदकको गुनासो छ । एकातिर नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रशासनमा उजुरी हुँदा हुँदै पनि प्रशासनले तदारुकता नदेखाउनु तथा अर्को तिर अभियुक्त सिंहले भारतमा रहेका आफ्नो भारतीय नागरिकको प्रमाण झल्किने कागजातहरुवाट आफ्नो नाम हटाउने काम समेत थालिसकेको परिवेशमा प्रशासनवाटै निज सिंहलाई उन्मुक्ति दिने कोसिस भईरहेको जानकारहरुको ठम्याई छ । नेपाल प्रहरीको हिरासतमा रहेका सिंह भारतमा आफ्नो मतदाता प्रमाण पत्र तथा आधार कार्ड लगायतका प्रमाणहरु नष्ट गरीरहेको आरोप सहितका समाचारहरु मुलधारका भारतीय मिडियाहरुमा पछिल्लो समय प्रमुखता साथ प्रकाशित प्रशारित भईरहेको छ ।

यद्यपी सिंह माथि जिल्ला प्रशासन कार्यालय सप्तरीमा किर्ते नागरिकता सम्बन्धी उजुरी मंसिर २९ गते नै परिसकेका रहेछन् । दर्ता नम्बर २३१ रहेको उक्त निवेदन सुनसरीको कोसी नगरपालिका–८ ठेगाना भएका एक व्यक्तिले दिएका हुन् । यद्यपी जिल्ला प्रशासन कार्यालयले हाल सम्म उक्त निवेदन प्रति खासै चासो नदेखाउन नसकेको निवेदकको गुनासो छ । एकातिर नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रशासनमा उजुरी हुँदा हुँदै पनि प्रशासनले तदारुकता नदेखाउनु तथा अर्को तिर अभियुक्त सिंहले भारतमा रहेका आफ्नो भारतीय नागरिकको प्रमाण झल्किने कागजातहरुवाट आफ्नो नाम हटाउने काम समेत थालिसकेको परिवेशमा प्रशासनवाटै निज सिंहलाई उन्मुक्ति दिने कोसिस भईरहेको जानकारहरुको ठम्याई छ । नेपाल प्रहरीको हिरासतमा रहेका सिंह भारतमा आफ्नो मतदाता प्रमाण पत्र तथा आधार कार्ड लगायतका प्रमाणहरु नष्ट गरीरहेको आरोप सहितका समाचारहरु मुलधारका भारतीय मिडियाहरुमा पछिल्लो समय प्रमुखता साथ प्रकाशित प्रशारित भईरहेको छ ।

मङ्सिर १९ गते धरानबाट ७७ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका भारतीय सिंहलाई जिल्ला अदालत सुनसरीले फागुन २५ गते पुर्पक्षका जेल पठाउन आदेश दिएको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस–२ हाल महदेवा गाउँपालिका–१ जन्मस्थान भएको भनी ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएको सिंह माथि आरोप छ ।

उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको छ । २०२१ फेब्रुअरी ५ तारिखमा उनको भारतीय निर्वाचन आयोगमा मतदाता परिचय–पत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको छ । सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वडानम्बर १० का स्थायी बासिन्दा हुन् भने उनको बाबुको वास्तविक नाम रामबालक सिंह हो । सिंहलाई कानूनी कारबाही हुनबाट जोगाउन भारतीय मतदाता नामावलीबाट नाम हटाएको पाइएको हो । सिंह भारतीय भएको सबुत मेटाउन ५ जनवरी २०२१ को प्रपत्र ७ को माध्यमबाट भीमनगरका बीएलओ राजीव कुमारको सहयोगमा भारतीय मतदाता सूचीबाट नाम हटाउँदै अन्तै बसाइसराइ गरेको समाचार स्थानीय भारतीय समाचारपत्रमा समेत प्रकाशित भएको छ ।

सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल पनि परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । नेपाल प्रबेश गरि उनले किर्ते नेपाली नागरिकता वनाएर नेपालमै दोश्रो बिबाह समेत गरेका छन् । सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता वनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोलेपनि अन्य प्रतिबन्धित ब्यबसाय समेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन् । उनले बिभिन्न प्रतिबन्धित ब्यबसाय गर्दे नेपालमा करौडौको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।