Top_Header_Right_Add

रुपनी राईडर्सको विजयी शुरुवात

सप्तरी प्रिमियर लिग सिजन थ्री
रुपनी राईडर्सको विजयी शुरुवात

न्यूज टुडे
राजविराज, ८ चैत्र ।

जिल्लाकै सवैभन्दा रोमांचक एवम् मुलुककै लोकप्रिय क्रिकेट प्रतियोगिता मध्यै एक मेयर कप सप्तरी प्रिमियर लिगिको तेश्रो संस्करण(सिजत थ्री) आईतवार वाट राजविराजको राज रंगशालामा प्रारम्भ भएको छ ।

राजविराज नगरपालिकाका उप–मेयर साधना झाको बलिङ्ग तथा मेयर शम्भुप्रसाद यादवको ब्याटिङ्गसँगै प्रारम्भ भएको प्रतियोगिताको उदघाटन खेलमा रुपनी राईर्डसले विजयी शुरुवात गरेका छन् । रोमांचक खेलमा राईडर्सले बोदे बर्साइन थन्डर्सलाई १३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

टँस हारेर पहिलो ब्याटिङ्ग गरेका राईर्डसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदेबर्साइन थन्डर्सले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ३४ रन मात्र जोडन सक्यो । उसका लािग नारायण जोशीले सर्बाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ र विकास दासले १७ रनको योगदान दिए । बलिङ्ग तर्फ रुपनी राइडर्सका सुमित झाले सर्वाधिक ४ विकेट लिए भने अनिल यादवले २ तथा फिर्दोश अंसारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १÷१ सफलता हात पारे ।

पहिलो ब्याटिङ्ग गर्दै रुपनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएका थिए । उसकालागि ओपनर सुनिल धमलाले अर्धशतक पुरा गर्दै सर्वाधिक ५४ रन बनाए भने निरज मुखियाले १९ तथा अनिल यादवले १७ रनको योगदान गरे । यस्तै अनुज यादवले अविजित १५ तथा कुशल भुर्तेलले १२ रन बनाए । बलिङ्ग तर्फ बोदे बर्साइनका अफ स्पिनर बिशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए भने नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १÷१ सफलता हात पारे । खेलको म्यान अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला घोषित भए ।

प्रतियोगितामा अक्सनको माध्यमले स्थानीयसहित राष्ट्रिय क्रिकेटरहरुलाई छनौट गरी पाँच वटा टिमको सहभागिता छ । विजेता टिमलाई तीन लाख र उपविजेता टिमलाई एक लाख पचास हजार पुरस्कार प्रदान गरिने आयोजक सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमवार पहिलो खेल दिपेन्द्र ऐरीको कप्तानीमा रहेको तिलाठी कोईलाडी जायन्टस र पवन सर्राफ नेतृत्वको बजाज खडक वारियार्सबीच हुनेछ भने दोश्रो खेलमा मेहबुब आलम नेतृत्वको टिभिएस किंग्स राजविराज र सिद्धान्त लोहनीको बोदे बर्साइन थन्डर्सबीच हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer