• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

न्यूज टुडे
राजविराज, ६ चैत्र ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका–११ स्थित खण्डमा शुक्रवार दुर्घटना हुँदा एक जना ट्रयाक्टर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले सोहि दिशा तर्फ जाँदै गरेको ना ६ त ६१९९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाईते ट्रयाक्टर चालक बारा जिल्लाको दक्षिण झिटकैया–८ घर भएका ३५ बर्षिय जलिल मियाँ मन्सुरीको उपचारको क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको तथा चालक भने फरार रहेका छन् । फरार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।