• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

गस्ती बढाउदै बन उपभोक्ता समूह, दैनिक काँचो काठदाउरा बरामद्

गस्ती बढाउदै बन उपभोक्ता समूह, दैनिक काँचो काठदाउरा बरामद्

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २१ पुस ।
सप्तरीकोको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थिति रहेको बनदेबी बन उपभोक्ता समुहले दैनिक काँचो काठदाउरा बरामद् गर्न थालेका छ । उपभोक्ता समुले बन गस्ती सक्रिय बनाउन थालेपछि ठूलो परिणाममा काँचो काठदाउरा बरामद हुन थालेको हो ।

समुहको बनक्षेत्रमा काँचो काठदाउरा काट्नेहरुलाई पक्राउ गरि काठ दाउरा नियन्त्रणमा लिई पहिलो पटक सम्झाउदै फेरि गल्ती नदोहो¥याउने सर्तमा छोड्ने गरेको समुहका अध्यक्ष रामपुजन चौधरीले बताए । बनमा भर्खरै हुर्किदै गरेको बोटबिरुवालाई फेदै लगाएर काटिदिन्छ, अध्यक्ष चौधरीले भने, बन बिनाश रोक्न गस्ती बढाएको छौं ।

काँचो काठदाउरा काटेको फेला परे एक पटकका लागि सम्झाउँदै फेरि गल्ती नगर्ने सर्तमा छोडिदिन्छांै अध्यक्ष चौधरीले भने, फेरि पनि सोही ब्याक्ति फेला परे डिभिजन बन कार्यालयसँग समवन्य गरी कानुन बमोजिम कारबाही गर्छौं । उपभोक्त समूहले बन संरक्षणका लागि डिभिजन बन कार्यालयसँग समन्वय गरी दैनिक गस्ती शुरु गरेको समुहका सचिब झौलाई चौधरीले बताए ।

गस्ती शुरु गरेदेखी ठूलो परिणाममा काठदाउरा बरामद् भएको उनले बताए । बरामद् काठदाउरा समितिको कार्यालयमा राखिएको कोषाध्यक्ष सावित्री चौधरीले बताईन् । गस्तीको क्रममा चिरान काठ वा तस्कर भेटिए नजिकको डिभिजन बन कार्यालयमा खबर गरि आबश्यक कारबाहीको लागि पठाउने गरेको उनले बताईन् ।

बनदेवी बन उपभोक्ता समुहले एक बर्षदेखि गस्ती बढाउन थालेपछि सो बन क्षेत्रमा रहेको धेरै बोटबिरुवा सुरक्षित भएको बन उपभोक्ता समुहका अनुगमन समिति सदस्य ताराकान्त चौधरीले जानकारी दिए । उनले दैनिक बनको गस्ती गर्ने समुहका पदाधिकारीहरु खटिने गरेको जानकारी दिए ।