• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ रुपनीलाई

प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ रुपनीलाई

बिरेन्द्र बजार, २६ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा च्याम्पियन क्लवद्वारा संचालित प्रथम गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले हात पारेको छ ।

शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नम्बर २ क्रिकेट टिमलाई पराजित गर्दै १ ले उपाधी माथी कब्जा जमाएको हो । ट्स जितेर ब्याटिङ रोजेको वडा नम्बर २ ले १८.४ ओभर खेल्दै सम्पूर्ण बिकेट गुमाउँदै ८० रन लिन सफल भएका थिए । ८१ रनको लक्षय सहित प्रतिउत्तरमा उत्रिएका वडा नम्बर १ ले ११.२ ओभर खेल्दै १ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरे । खेलमा ३ छक्का र ५ चौका लिंदै अनिल यादवले अभिजित ५२ रनको योगदान गरि टिमलाई बिजयी गराए । खेलमा उत्कृष्ट खेलाडी यादवलाई स्थानीय मो. हजरथले साईकल पुरस्कार प्रदान गरे ।

खेल समितिका अध्यक्ष राज कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बिजेता टिमलाई नगद २१ हजार, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । यसैगरि उपबिजेता टिमलाई बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बेचनी देवी सरदारले नगद ११ हजार, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, नेकपा प्रदेश नम्बर २ का सदस्य अरुन कुमार साह, वडा नम्बर १ का अध्यक्ष पिताम्बर यादव, ४ का छेदी रजक, पत्रकार बृजमान तामाङ, केछ खबरका प्रधान सम्पादक शंकर यादव, श्याम यादव लगायतकाले मन्तव्य व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका थिए ।