Top_Header_Right_Add

गेड सिंह बाबा फुटबल प्रतियोगिताको उपाधी बलार्दहलाई

गेड सिंह बाबा फुटबल प्रतियोगिताको उपाधी बलार्दहलाई

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १८ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा संचालित तेस्रो गेड सिंहबाबा पचशिल्ड प्रतियोगिताको उपाधी सप्तकोशी जनप्रिय यूवा कल्वले हासिल गरेको छ ।

बिहीबार सम्पन्न फाईनल खेलमा आयोजक गेडसिंह बाबा यूवा फुटबल टिम जगमोहनलाई १ गोले पराजित गर्दै बलार्दहले उपाधिमाथी कब्जा जमाएको हो । बिजेता टिमलाई रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव र उपाध्यक्ष बेचनी देवी सरदारले शिल्ड, प्रमाणपत्र, ट्र्फी र नगद पुरस्कार हस्तान्तरण गरे ।

त्यस्तै उपबिजेता टिमलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश यादवले शिल्ड, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरे ।

आयोजक समितिका संयोजक दिपेन्द्र कुमार सरदारको अध्यक्षतामा आयोजित पुरस्कार बितरण कार्यक्रमको संचालन गिरधर मेहताले गरे ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer