• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेरहौतामा तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु

तेरहौतामा तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ०३ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बुधबार तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

गेढसिंह यूवा फुटबल टिम जगमोहनद्वा फुटबल प्रतियोगिताको आयोजाना गरेको हो । फुटबल प्रतियोगिताको एक समारोहका बीच रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरे ।

आयोजक टिमका अध्यक्ष दिपेन्द्र सरदारको अध्यक्षतामा आयोजित फुटबल खेल उद्घाटन समारोहमा रुपनी गाउँपालिका उपाध्यक्ष बेचनी देवी सरदार, प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साहलगायतका विशिष्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता, माँ देवी यूवा क्लव रघुनाथपुर, राजजी बाबा नवायुवा टिम मोहनपुर, तपेश्वरी बाबा नवयुवा कल्व जण्डोल, जनप्रिय यूवा क्लव बलार्दह, एस.सि.बि. मोहुली, ह्याप्पी क्लव जगमोहन, द एभरेष्ट यूवा टिम सितापुर, रामजानकी युवा टिम मट्टिगढा, माहादेव क्लव खैरबन रुपनी, नयाँ बस्ती यूवा टिम बिरेन्द्र बजार, न्यू यूवा फुटबल टिम लक्ष्मीपुर र आयोजक गेढसिंह यूवा टिम जगमोहन गरि १४ फुटबल टिमको सहभागीता रहेको छ ।

उद्घाटन खेल क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता र माँ देवी युवा क्ल्व रघुनाथपुर बीच कडा प्रतिस्पर्धा भएको छ । खेलको निर्धारित समयमा दुबै टिमको तर्फबाट १–१ गोल गरि खेलको छिनोफानो नभई बराबरीमा टुङ्गिएको थियो । त्यसपछी ट्राईबेकरको आधारमा पनि दुबै टिमबाट ५–५ गोल गरेपछि पनि टुंगो नलागेपछि पुनः २–२ गोल हान्ने सहमति अनुसार समेत खेल बराबरी भएपछि चिटपोट गर्दा रघुनाथपुरले जित हाँसिल गरेको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए ।