• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सोनरालाई हराउँदै कल्याणपुर फाईनलमा

सहिद प्रभुनारायण स्मृती टी–२०
सोनरालाई हराउँदै कल्याणपुर फाईनलमा

राजविराज, ०३ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी–८ तोपामा संचालित सहिद प्रभुनारायण यादव स्मृती टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनलमा सोनरालाई पराजित गर्दै कल्याणपुर(लालपट्टी) फाईनलमा आफ्नो स्थान बनाउन सफल भएको छ । सोनरालाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै कल्याणपुर फाईनलमा पुगेको हो ।

टँस जितेर पहिलो ब्याटिङ्ग रोजेका कल्याणपुरले १८औं ओभरमा आउल आउट हुँदै २ सय ४६ रन बनाएका थिए । उसका लागि मोहम्मद नन्हे राईनले सर्वाधिक ८५ रनको योगदान दिएका थिए भने सकिम अन्सारीले ३५ तथा बालेश्वरले ३१ रन बनाए । बलिङ्गतर्फ सोनराका तिलक लामाले ४, सन्तोष सिंहले २ तथा नविनले एक विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा सोनराले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ८० रन जोडन सके । उसका लागि सुभाष र अमर यादवले समान ३१÷३१ तथा बसन्त यादवले २१ रनको योगदान गरेका थिए । बलिङ्गतर्फ कल्याणपुरका बरुण चौधरी र आशिषले २÷२ तथा मोहम्मद सकिमले १ विकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच कल्याणपुरका मोहम्मद नन्हे राईनलाई घोषित गरियो ।

सहिद प्रभुनारायण यादव स्मृति ट्रस्टले संचालनको गरेको उक्त प्रतियोगिताको अर्को सेमिफाईनलमा बिहीबार(आज) रुपनी र बरमझिया आमने सामने हुने ट्रस्टका सचिव भगवानलाल यादव(रोहित)ले जानकारी गराए ।