राजविराज, २७ कात्तिक ।
तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा संचालित सहिद प्रभुनारायण यादव स्मृति टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा बरमझिया र ढिकली विजयी भएको छ ।
लिग चरणको अन्तिम दिन बरमझियाले वभनगामालाई पराजित गर्दै विजयी हात पारेको हो भने ढिकलीले तोपा(बी) टिमलाई पराजित गर्दै विजयी भएको हो । टँस जितेर पहिलो ब्याटिङ्ग रोजेका वभनगामाले बरमझियाई ९२ रनको विजयी लक्ष्य दिएका थिए । प्रतिउत्तरमा बरमझियाले ६ विकेट गुमाउँदै आठौ ओभरमा विजयी लक्ष्य पार गरेका थिए । बरमझियाका महानन्द म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताको आयोजक सहिद प्रभुनारायण यादव स्मृती ट्रस्टका सचिव भगवानलाल यादव(रोहित)ले जानकारी गराए ।
यता दोश्रो खेलमा टँस जितरे पहिलो ब्याटिङ्ग रोजेका तोपा(बी) टिम १८ ओभरमा आउल आउट हुँदै ८८ रन वनाएका थिए । प्रति उत्तरमा ढिकली (लौगी टोल)ले ११औं भरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गरेका थिए । खेलको म्यान अफ द म्याच ढिकलीका अभिषेक यादव घोषित भए ।
खेलकुद
लिग चरणको अन्तिम दिन बरमझिया र ढिकली विजयी
सहिद प्रभुनारायण स्मृति टी–२० क्रिकेट