राजविराज, २६ कात्तिक ।
सहिद प्रभुनारायण यादव स्मृति ट्रस्टकोले संचालन गरेको ‘प्रभुनाराण स्मृती टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार सम्पन्न खेलमा राजविराज विजयी भएको छ । हनुमाननगरलाई ७ विकेटले पराजित गर्दै राजविराज विजयी भएको हो ।
टँस जितेर पहिले ब्याटिङ्गका लागि हनुमाननगरलाई आमन्त्रित गरेका राजविराजको बलिङ्ग सामु हनुमाननगरका व्याट्स म्यानहरु शुरुदेखि नै संघर्ष गर्दै देखिए । निर्धारीत २० ओभरको खेलमा हनुमाननगरको पुरै टिम १८ दशमलव १ ओभरमा आउल आउट हुँदै १ सय ४० रन बनाउन सके । हनुमाननगरका लागि सुरजले ५६, अमितले १९ तथा आमेदले १६ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ राजविराजका दिपक यादवले ३ तथा राहुल र अजयले समान २÷२ विकेट हात पार्न सफल रहे ।
१ सय ४१ रनको लक्ष्य पछ्याएका राजविराजले १७औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पार गरेका थिए । राजविराजका लागि राहुलले ६०, रोहनले २२ तथा अजयले १९ रन बनाएर आफ्नो टिमको जितलाई सहज पारिदिएका थिए । बलिङ्गतर्फ हनुमाननगरका साकिरले ३, सुरजले २ तथा आमोदले एक सफलता हात पारेका थिए ।
खेलको म्यान अफ द म्याच राजविराजका राहुल घोषित भएका । उनले बलिङ्गतर्फ २ विकेट लिनुका साथै ब्याटिङ्गतर्फ ६० रनको भरपर्दो पारी खेलेर आफ्नो टिमलाई विजयी बनाउन अहम योगदान गरेवापत राहुललाई म्यान अफ द म्याच घोषणा गरिएको आयोजक ट्रस्टका सचिव रोहित यादव(भगवानलाल)ले जानकारी गराए ।
आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत बिहीबार(आज) बभनगामा विरुद्ध बरमझिया तथा आयोजक तोपा(बी) विरुद्ध ढिकली बीच प्रतिस्पर्धा हुने छ ।
खेलकुद
हनुमाननगरलाई तीन विकेटले पछार्दै राजविराज विजयी
सहिद प्रभुनारायण स्मृती टी–२० क्रिकेट