• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेश्रो दिन सडेपार र रुपनी विजयी

सहिद प्रभुनारायण स्मृती टी–२० प्रतियोगिता
तेश्रो दिन सडेपार र रुपनी विजयी

राजविराज, २५ कात्तिक ।
सहिद प्रभुनाराण यादव स्मृती ट्रस्टले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा आयोजना गरेको सहिद प्रभुनारायण स्मृती टी–२० प्रतियोगिताको तेश्रो दिन मंगलबार सम्पन्न छुट्टा छुट्टै दुई खेलहरुमा सडेपार र रुपनी विजयी भएको छ ।
भारदहलाई दुई विकेटले पराजित गर्दै सडेपार तथा तिलाठीलाई १९ रनले पराजित गर्दै रुपनी विजयी भएको हो । टँस जितेर पहिलो व्याटिङ्ग रोजेको भारदहले १५ ओभरमा आउलआउट हुँदै १ सय ४ रन बनाएका थिए । भारदहका लागि मिथिलेश यादवले १९, आयुश यादवले १७ तथा विकेश झाले १३ रनको योगदान दिए । बलिङ्गतर्फ सडेपारका रौशन यादवले ४, सचिन यादवले २ तथा अभय यादवले १ विकेट हात पारे ।
प्रति उत्तरमा सडेपारको टिमले १३ ओभर ३ बलमा ८ विकेट गुमाउँदै विजयी लक्ष्य हात पारे । सडेपारका लागि रौशन यादवले २५, अभय यादवले २३ तथा सचिन यादवले १४ रनको योगदान गरेका थिए । बलिङ्गतर्फ भारदहका तिलेश्वर मण्डलले २ तथा विकेश झा र अशोक दासले समान १÷१ सफलता हात पारे । खेलको म्यान अफ द म्याच सडेपारका रौशन यादव भए । उनले २५ रन बनाउनुका साथै ४ विकेट लिएर सडेपारको विजयीलाई निकै सहज पारि दिएका थिए ।
यता मंगलबारकै दोश्रो खेलमा तिलाठीलाई १९ रनले पराजित गर्दै रुपनी टिम विजयी भएका छन् । टँस जितेर पहिलो ब्याटिङ्ग रोजेका रुपनी निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउँदै तिलाठीका लागी २ सय २० रनको लक्ष्य निर्धारण गरेका थिए । रुपनीका लागी रौशन मण्डलले ५५, अनिल यादवले ३१ त्था भवेश मण्डलले २७ रनको योगदान गरे । बलिङ्गतर्फ तिलाठीका निरज यादवले ३, दिनेश यादवले २ तथा मुकुन्द मिश्रले १ सफलता हात पारेका थिए ।
प्रतिउत्तरमा तिलाठीको टिम निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २ सय रन बनाउन सके । तिलाठीका लागि आशिक मिश्रले ७९ तथा शिव कामैतले ५० रनको योगदान गरे । बलिङ्गतर्फ रुपनीका अनिल यादवले २ तथा रौशन मण्डल र बलराम मण्डलले समान १÷१ सफलता हात पारे । खेलको म्यान अफ द म्याच रौशन मण्डल घोषित भएको आयोजक समितिका सचिव रोहित यादव(भगवानलाल)ले जानकारी गराए । यादवका अनुसार बुधवार(आज) राजविराजविरुद्ध हनुमाननगर तथा बरमझिया विरुद्ध बभनगामा बीच प्रतिस्प्रर्धा हुने छ ।