Top_Header_Right_Add

राजविराज र कल्याणपुरको फराकिलो जित

सहिद प्रभुनारायण स्मृति टी–२०
राजविराज र कल्याणपुरको फराकिलो जित

राजविराज, २४ कात्तिक ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा संचालित सहिद प्रभुनारायण यादव स्मृति टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो दिन सोमबार सम्पन्न दुई छुट्टा छुट्टै खेलहरुमा राजविराज र कल्याणपुर क्रिकेट टिम विजयी भएको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा राजविराजले बर्साइनलाई १ सय १७ रनबाट पराजित गर्दै विजयी हात पारेका छन् भने दोश्रो खेलमा स्थानीय तोपा टिमलाई कल्याणपुर(लालापट्टी) टिमले १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी हात पारेको हो ।
राजविराज र बर्साईन बीचको खेलमा टस जितेर पहिलो ब्याटिङ्ग रोजेका राजविराजले मोहम्मद उमर फारुक(७२), भोला साह(३२) तथा सुभाष(३०) रनको मद्दतले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएका थिए । बलिङ्गतर्फ बर्साईनका दिपेश र सुदर्शनले २÷२ विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा बर्साईनको टिम १३ ओभरमै आउल आउट हुँदै मात्र ७३ रन जोड्न सकेका थिए । उसको लागि दिपकले ३० तथा रोमनको ११ अतिरीक्त कुनै पनि ब्याट्सम्यान दोहरो अंकमा समेत प्रवेश गर्न सकेका थिएन ।
यता दोश्रो खेलमा तोपा विरुद्ध टँस जितेर पहिलो व्याटिङ्ग रोजेका कल्याणपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६० रनको विकाश लक्ष्य तयार पारेका थिए । उसका लागि मोहम्मद नरेले ९० तथा अनुज यादवले ७६ रनको योगदान गरेका थिए । बलिङ्गतर्फ तोपाका गजेन्द्रले २ तथा भरत र भुपेनले समान १÷१ विकेट हात पारे ।
२ सय ६० रनको विशाल लक्ष्य पछ्याएका तोपा टिम भुपेनको ३३, रमेशको १९ तथा रतको १० रनको मद्दतले १६औं अभरमा मात्र ९६ रन बनाउँदै अलआउट भएको थियो । बलिङ्गतर्फ कल्याणपुरका मोहम्मद नरेले ४ तथा अनुज यादव तथा समिरले समान २÷२ सफलता हात पारेको आयोजक सहिद प्रभुनारायण यादव स्मृति ट्रस्टका सचिव रोहित यादव(भगवानलाल)ले जानकारी गराएका छन् ।
राजविराज र बर्साईन बीच सम्पन्न पहिलो खेलमा राजविराजका लागि ७२ रनको महत्वपूर्ण पारी खेलका मोहम्मद उमर फारुकलाई म्यान अफ द म्याच घोषित गरिएको छ भने दोश्रो खेलमा कल्याणपुरका मोहम्मद नईमलाई ९० रन र बलिङ्ग तर्फ ४ विकेटका लागि म्यान अफ द म्याच घोषणा गरिएको सचिव भगवानलालले जानकारी गराएका छन् । उनका अनुसार प्रतियोगिता अन्तर्गत मंगलबार(आज) हुने पहिलो खेलमा सडेरपार र भारदहले प्रतिस्प्रर्धा गर्ने छन् भने दोश्रो खेलमा तिलाठी र रुपनी बीच प्रतिस्प्रर्धा हुनेछ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer