• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा संक्रमितको संख्या १५ सय नाघ्यो, सकृय संक्रमित २१९ जना

सप्तरीमा संक्रमितको संख्या १५ सय नाघ्यो, सकृय संक्रमित २१९ जना

राजविराज, ४ असोज। सप्तरीमा मंगलवार सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार राजविराज ५ का २६ र ३७ वर्षिय पुरुष, वडा नं. १६ का ४९ वर्षिय पुरुष, लहान १ का ६७ वर्षिय पुरुष, कञ्चनरुप ८ का ४० वर्षिय पुरुष, राजविराज ७ का ४० वर्षिया महिला र शम्भुनाथ ६ का २७ वर्षिय पुरुषलाई कारोना संक्रमण पुष्टि भएको हो ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १५ सय ९ पुगेको छ। जसमध्ये २३ जनाको मृत्यु भएको छ भने १२ सय ६७ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लामा मंगलवार साँझसम्म २१९ जना सकृय संक्रमित रहेको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।