Top_Header_Right_Add

नेकपाका नेता मानपुर चौधरीलाई कोरोना संक्रमण

नेकपाका नेता मानपुर चौधरीलाई कोरोना संक्रमण

राजविराज, ३ कार्तिक । नेकपाका नेता एवम् संविधान सभाका सदस्य मानपुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई सोमवार विहान ५ वजे कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

करिव १०/१२ दिनदेखि ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत शनिवार स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतवार मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि आईतवार राती करिव ९ वजे धरान रेफर गरिएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतवार राती करिव १२ वजे उनको स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताले जानकारी दिए ।

चौधरीलाई कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका करिव ७ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाईनमा वसेका छन्।

उनीहरु क्वारेन्टाईनमा वसेपछि कञ्चनपुरमा ५ वेडको अस्थाई कोभिड अस्पताल उद्घाटनको कार्यक्रम समेत प्रभावित भएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमै सञ्चालनको तयारी गरीएको अस्थाई अस्पतालको सोमवार नै उद्घाटनको कार्यक्रम वनाईएको थियो ।

योसँग कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । जसमध्ये १ महिलाको मृत्यु भएको छ भने ४१ जना निको भएर डिस्चार्ज भएको सह संयोजक गुप्ताले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer